भक्तपुरको सुर्यविनायकस्थित बौद्ध दर्शन केन्द्रको आयोजनामा वज्रकिलाय फुर्पा र एक दिन आमितायु छेछ्योग पूजा आयोजना गरिने भएको छ । पूजा माघ ६ र ७ गते गरिदैछ । उक्त कार्यक्रममा श्रद्धेय धर्मगुरू ग्याल्शे टुल्कु रिन्पोछेज्यूद्वारा छेवाङ आयुअभिषेक समेत प्रदान गरिदैछ ।

पूजामा खेन्पो फुर्व तामाङ र दोर्जे लोपोन थुब्तेन छ्योईडक तामाङ सहित लामा गुरुहरु र लोपोनहरु सहभागि हुँदै हुनुहुन्छ । पूजामा सहभागि भई पूण्यलाभ लिन धर्मावलम्वीहरुलाई आयोजक बौद्ध दर्शन केन्द्रले आग्रह गरेको छ ।
माघ ६ र ७ गते दुई दिन हुने पूजा विहान ७ बजेदेखि सुरु भई अपरान्ह ४ः३० बजे जारी रहनेछ ।


