काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बाका प्रमुख कर्मा तान्पाई ग्याल्जेनको निधन भएको छ । उनको निधन भएको समाचार सुन्दा निकै दुख लागेको बताउँदै कमलशीला इन्स्टिच्यूटको फेसबुक पेजमा उक्त इन्स्टिच्यूटमा प्रमुख प्रशिक्षक आचार्य लामा केल्जांग र आचार्य लामा सोनामले उल्लेख गरेका छन् । पछिल्लो धर्मदेशनाका क्रममा हंगेरीमा रहेका कर्मा तान्पाईको उतै निधन भएको हो ।

बौद्ध धर्मको प्रवर्धनमा उल्लेखनीय योगदान दिदै आएका कर्मा तान्पाई धार्मिक सद्भावनाका लागी उद्धाहरणीय धर्मगुरु थिए । उनले विश्वका विभिन्न शक्तिशाली तथा चर्चित व्यक्तिहरुलाई समेत प्रत्यक्ष भेटेर बौद्ध ज्ञान बाढ्ने गरेका थिए ।




