फागुन १५, १६ र १७ गते ताप्लेजुङको सुकेटारमा चौथो वज्रगुरु जप कार्यक्रम आयोजना गरिने भएको छ । महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ ।
वज्रगुरु जप कार्यक्रम मुल आयोजक समितिले कार्यक्रम सम्बन्धी छलफल र अन्तरक्रिया गर्न पुस ३० गते काठमाडौँको तीनचुलीमा कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा ताप्लेजुङ जन्मथलो भई काठमाडौंमा बसोबास गरिरहेका उपस्थित हुन आयोजकले आग्रह गरेको छ । वज्रगुरु जप कार्यक्रमको सहजीकरण संस्था वुमकुलुङ शेर्पा किदुक फाउण्डेसन रहेको छ ।


