श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको तेश्रो भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ ।
रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको दोस्रो रेपा कार्यक्रममा १०० जना सहभागि थिए ।
नेपाली नागरिकका लागि मात्रै आयोजना गरिएको रेपा कार्यक्रममा सहभागि हुन चाहनेले तल दिइएको लिंकमार्फत फारम भर्न सक्नु हुनेछ ।
Click here to fill the Form
https://docs.google.com/forms/d/e/1FAIpQLSdaCZhGKJJ6DC3AOCxlTXDe_m4-irEueIIcbWiDWbwjIinLPQ/viewform

