काभ्रेको बनेपामा भएको १० औं नेपाल राष्ट्रिय ज्ञानमाला सम्मेलनको अवसरमा काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारका प्रमुख तथा चारुमती बुद्धिस्ट मिसन नेपालका संस्थापक अध्यक्ष श्रद्धेय भिक्षु तपस्सी धम्म महास्थविरलाई सम्मान गरिएको छ ।
भिक्षु धम्मलाई प्रबजित भएको ४० वर्ष पुरा भएको अवसरमा सम्मानित गरिएको हो । त्यस्तै भिक्षु धम्मले ९ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन गर्नु भएको योगदानका कारण पनि सम्मानित गरिएको हो । सम्मानित भिक्षु धम्मले दोस्रो जन आन्दोलनका जीवित सहिद मुकेश कायस्थको निवासमा पुगि सुख शान्ति निरोगी जीवनको कामनार्थ परित्राण पाठ गरि आशिर्वाद प्रदान गर्नु भयो ।

पुस २३, २४ र २५ सम्म जारी रहेको ज्ञानमाला सम्मेलनले निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति पनि चयन गरेको छ । सम्मेलनले रमना श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।



