बौद्ध दर्शन केन्द्रमा वज्र किलाय फुर्पा र आमितायु छेछ्योग सुरु

भक्तपुरको सुर्यविनायकस्थित बौद्ध दर्शन केन्द्रको आयोजनामा शुक्रवार वज्रकिलाय फुर्पा पूजा गरिएको छ । पूजा श्रद्धेय धर्मगुरू ग्याल्शे टुल्कु रिन्पोछेज्यूको नेतृत्वमा भएको हो । पूजामा विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोबास गरिरहेकाहरु सहभागि भएका थिए ।

दुई दिने पूजामा आज आमितायु छेछ्योग पूजा हुँदैछ । आज धर्मगुरु ग्याल्शे रिन्पोछेले आयुअभिषेक समेत प्रदान गर्दै हुनुहुन्छ ।

पूजामा खेन्पो फुर्व तामाङ र दोर्जे लोपोन थुब्तेन छ्योईडक तामाङ सहित लामा गुरुहरु र लोपोनहरु सहभागि हुनुहुन्छ ।

Share

Related posts

Leave a Comment