कास्कीको मादीमा गुम्बा शिलान्यास

२०७९ माघ १३ गते शुक्रबार कास्की जिल्ला मादीगाँउपालिका ८ पाखुरीकोट गाँऊमा आनन्द धर्म चक्र बुद्ध बिहार (गुम्बा) शिलान्यास कार्यक्रम श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरु तथा अन्य गुरुहरुबाट भुमिशोधन पुजा बाचन सहित भुमि कलश, नाग कलश, तथा बिधिन्न औजरहरु स्थापना गरि बिधिवतरुपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

श्रद्धेय खेन रिन्पोछे गुरुको धार्मिक निर्देशनमा र श्री चन्द्र बहादुर गुरुङको अध्यक्षतमा उक्त गुम्बा दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने अनुमान गरिएको छ । गुम्बा लगभग चार रोपनी क्षेत्रफल जग्गा स्वः हिम बहादुर गुरुङ, स्वः शान्त बहादुर गुरुङ श्री नौ जंङ् गुरुङ र कृष्ण बहादुर गुरुङबाट भुमिदान गर्नुभएको जग्गामा अवस्थित गुम्बा २०५३ सालमा स्वः उमार लामा गुरुको निर्देशनमा स्वः सुबेदार पदम बहादुर गुरुङको अध्यक्षतामा निर्माण भएको उक्त गुम्बा २०७२ सालको भुकम्पले क्षति ग्रस्त भई भत्किएको हुनाले गुम्बा पुनः निर्माण गर्ने निर्णय भएको हो ।

उक्त गुम्बा निर्माण लागत रु दुई करोड लाग्ने अनुमान गरिएको छ । गुम्बा पुनः निर्माणको लागि गुम्बा निर्माण समितिले नेपाल सरकार तथा देश बिदेशमा रहनुहुने श्रद्धालू भक्तजन तथा गाँउलेहरुलाई सहयोगको अपेक्षा गरेको छ । यस गुम्बा निर्माणको पुण्यकार्यमा सहयोग गरि पुण्य संचय गर्न खेन रिन्पोछे शिर लामाले आग्रह गर्नु भएको छ ।

Share

Related posts