नेपाल बौद्ध संघको सहयोगमा सम्भोटा कक्षा सुरु

नेपाल बौद्ध संघको सहयोगमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ स्थित रमणटारमा तीन महिने बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण शिविर सुरु भएको छ । माघ १० गतेदेखि सुरु भएको प्रशिक्षण शिविर वैशाख १० गतेसम्म जारी रहने नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो । प्रशिक्षण पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बामा भइरहेको छ ।

प्रशिक्षण विहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको छ । पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बाको आयोजनामा भइरहेका प्रशिक्षण शिविरमा खेन्पो जितलाल तामाङ र काइला लामा सहभागि हुनुहुन्छ । नेपाल बौद्ध संघले गुम्बा निर्माण सहित बौद्ध धर्मसम्बन्धी विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Share

Related posts

Leave a Comment