आचार्य लामा कर्मा साङ्बोले प्रत्येक महिना नियमितरुपमा गर्दै आउनु भएको एक दिने समथ एवम् विपश्यता ध्यान शिविरको पछिल्लो श्रृंखला शनिवार आयोजना भएको छ । शिविरमा १ सय ८ जना सहभागि थिए । होङबान्जी बौद्ध समाज, कपनमा आयोजना भएको एक दिने ध्यान शिविरसँगै आचार्य लामा कर्मा साङ्बोले सात दिने अल्पकालिन लामा तथा आनी साधना समेत सञ्चालन गर्नु भएको छ ।
शनिवार सात दिने अल्पकालिक लामा आनी साधना समेत सम्पन्न भएको छ । ध्यान कार्यक्रममा विशेष वक्ताको रुपमा प्राध्यापक नरेशमान वज्रचार्य सहभागि भई प्रवचन समेत दिनु भएको थियो ।
आचार्य लामा कर्मा साङ्बोले प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान शिविर राख्दै आउनु भएको छ । निशूल्करुपमा सञ्चालन हुने ध्यान शिविरमा सहभागि हुन चाहनेलाई सूचना सार्वजनिक भएपछि नाम दर्ता गराउने व्यवस्था रहेको छ ।




