नेपाल बौद्ध ञिङ्मा झ्याङतेर संघको आयोजनामा मंगलवार ञिङ्मा झ्याङतेर सम्प्रदायको पूजापाठ र संस्कार सम्बन्धी विशेष पुस्तक सार्वजनिक गरिएको छ । भोट भाषामा रहेको उक्त पुस्तकलाई लेखक तथा अनुवादक खेन्पो ङवाङ वोशेरले नेपाली भाषामा अनुवाद गर्नु भएको हो ।
हिमाली परम्पराका बौद्ध सम्प्रदायमध्ये पुरानो ञिङ्मा परम्परा अन्तर्गतको झ्याङतेर सम्बन्धी नेपाली भाषामा खासै पुस्तकहरु नभइरहेको अवस्थामा खेन्पो ङवाङ वोशेरले अनुवाद गर्नु भएको पूर्व साधना सम्बन्धी यस पुस्तकले महत्वपूर्ण योगदान दिन कार्यक्रमका उपस्थित लामा गुरुहरुको भनाइ थियो ।
कार्यक्रममा शाकाहारी अभियन्ता आङफुरी शेर्पाले पुस्तकका माध्यमबाट बौद्ध ज्ञान र दर्शन अझ विस्तारित हुने बताउनु भयो ।
कार्यक्रमका विभिन्न जिल्लाहरुमा रहेको गुम्बाहरुका लागि निशुल्करुपमा पुस्तक वितरण गरिएको थियो ।
Share