शनिवार राणा रिन्पोचेले अभिताम बुद्धको अभिषेक दिने

ललितपुरको हःखा टोलमा धम्मसाकच्छा संघको आयोजनामा अमिताभ बुद्धको अभिषेक कार्यक्रम हुने भएको छ । आउँदो शनिवार हुने कार्यक्रममा आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले अभिताभ बुद्धको अभिषेक प्रदान गर्दै हुनुहुन्छ । अभिषेक कार्यक्रम माघ २८ गते शनिवार हुँदैछ । विहान ११ः३० देखि १ बजेसम्म भिक्षु मञ्जुघोषले कार्यक्रमको परिचय दिनु हुनेछ । त्यसपछि अभिषेक कार्यक्रम सुरु हुने बताइएको छ ।

Read More

लुम्बिनीमा रामकथा रोक्न बौद्धमार्गीको माग

बुद्ध जन्मस्थल लुम्बिनीमा हुन लागेको रामकथा प्रवचन कार्यक्रम रोक्न बौद्ध धर्मावलम्बीहरुले माग गरेका छन् । माघ २१ देखि ९ दिनसम्म भारतीय हिन्दु आध्यात्मिक गुरु मोरारी बापुबाट रामकथा प्रवचन गर्ने कार्यक्रम भइरहेको बेला बौद्ध धर्मावलम्बीहरुले यस्तो माग गरेपछि यो कार्यक्रम विवादमा तानिएको हो । बौद्ध धर्मावलम्बीहरुको संस्था धर्मोदय सभाले मारवाडी समुदायका उद्योगी व्यवसायीको अगुवाईमा कार्यक्रमको तयारी भइरहेका बेला उक्त कार्यक्रम रोक्न माग गरेको हो । लुम्बिनी बौद्धमार्गीहरुको पवित्र र सम्मानित स्थल भएकाले गैर बौद्ध धर्मावलम्बी कार्य सञ्चालन षड्यन्त्र भएको भन्दै कुनै हालतमा गर्न दिन नहुने धर्मोदय सभाको माग छ । धर्मोदय…

Read More

कास्कीको मादीमा गुम्बा शिलान्यास

२०७९ माघ १३ गते शुक्रबार कास्की जिल्ला मादीगाँउपालिका ८ पाखुरीकोट गाँऊमा आनन्द धर्म चक्र बुद्ध बिहार (गुम्बा) शिलान्यास कार्यक्रम श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरु तथा अन्य गुरुहरुबाट भुमिशोधन पुजा बाचन सहित भुमि कलश, नाग कलश, तथा बिधिन्न औजरहरु स्थापना गरि बिधिवतरुपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । श्रद्धेय खेन रिन्पोछे गुरुको धार्मिक निर्देशनमा र श्री चन्द्र बहादुर गुरुङको अध्यक्षतमा उक्त गुम्बा दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने अनुमान गरिएको छ । गुम्बा लगभग चार रोपनी क्षेत्रफल जग्गा स्वः हिम बहादुर गुरुङ, स्वः शान्त बहादुर गुरुङ श्री नौ जंङ् गुरुङ…

Read More

नेपाल बौद्ध संघको सहयोगमा सम्भोटा कक्षा सुरु

नेपाल बौद्ध संघको सहयोगमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ स्थित रमणटारमा तीन महिने बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण शिविर सुरु भएको छ । माघ १० गतेदेखि सुरु भएको प्रशिक्षण शिविर वैशाख १० गतेसम्म जारी रहने नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो । प्रशिक्षण पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बामा भइरहेको छ । प्रशिक्षण विहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको छ । पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बाको आयोजनामा भइरहेका प्रशिक्षण शिविरमा खेन्पो जितलाल तामाङ र काइला लामा सहभागि हुनुहुन्छ । नेपाल बौद्ध संघले गुम्बा निर्माण सहित…

Read More

काभ्रेको रोशीमा टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ दिने

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माघ २२ गते आइतवार एक विशेष बौद्ध कार्यक्रम आयोजना गरिने भएको छ । रोशी गाउँपालिकाको वडा नं ११ स्थित कालोढुंगा, डम्फुपार्कमा परम पावन धर्मगुरु टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ (आयू अभिषेक) र शरण गमनको शिल प्रदान गर्दै हुनुहुन्छ । साथै उक्त अवसरमा सोनाम ल्होसारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रम माघ २२ गते आइतवार विहान ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजक टाशी चुम्लाखाङ गुम्बा अध्ययन केन्द्र रहेको छ । उक्त कार्यक्रमलाई हिमालयन बौद्ध सम्भोटा लिपी प्रशिक्षण केन्द्रले समन्वय गरेको हो । त्यस्तै…

Read More

लुम्बिनी बौद्ध र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य हुने

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ। सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच दुई विश्वविद्यालयबीच सम्झौता भएको हो। सहमतिपत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य र सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले हस्ताक्षर गरेका थिए। शैक्षिक तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने, पाली तथा संस्कृत भाषाको अध्ययन अनुसन्धान तथा शिक्षक विद्यार्थी आदानप्रदान गर्ने सहकार्यको उद्देश्य रहेको बौद्ध विश्वविद्यालयले जनाएको छ। सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले दुई विश्वविद्यालयको सहकार्यले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। सिद्धार्थ विश्वविद्यालयका उपकुलपति हरिबहादुर श्रीवास्तवले विश्वविद्यालयबीचको अनुभव आदानप्रदानले…

Read More

भोजपुरमा गुम्बा निर्माणका लागि सहयोगको खाँचो

प्रदेश १ को भोजपुर जिल्लास्थित भोजपुर नगरपालिका विश्व शान्ति बौद्ध गुम्बाको पक्की भवन निर्माणको तयारी भइरहेको छ । नगरपालिकाको वडा नं ९ मा रहेको ७ रोपनीमा रहेको कच्ची गुम्बालाई पक्की भवनमा निर्माण गर्न लागिएको हो । यहाँ रहेको गुम्बा २०५१ साल बैशाख १९ गते निर्माण गरिएको हो । गुम्बामा न्यूइने व्रत, बुद्ध जयन्ती र ल्होसा लगायतका बौद्ध धर्मसम्बन्धी गतिविधहरु गरिदै आएको छ । पक्की भवन निर्माणका लागि स्थानीय पूर्वाधार इटहरी कार्यालयबाट २० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । सोही रकमबाट पक्की भवन निर्माणको क्रममा रहेको छ । भवन निर्माणका…

Read More

काभ्रेमा २२ फिट अग्लो बुद्ध मूर्ति स्थापना

काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको हो । मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा ७० लाख रुपैयाँमा निर्माण गरिएको हो । ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्ति सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन् । उनले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन् । मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जेले प्राण प्रतिष्ठा गर्नु भएको थियो ।…

Read More

बौद्धमार्गीले आज सोनाम ल्होसार मनाउँदै

आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति…

Read More

ध्यान शिविरसँगै अल्पकालिन लामा आनी साधना सम्पन्न

आचार्य लामा कर्मा साङ्बोले प्रत्येक महिना नियमितरुपमा गर्दै आउनु भएको एक दिने समथ एवम् विपश्यता ध्यान शिविरको पछिल्लो श्रृंखला शनिवार आयोजना भएको छ । शिविरमा १ सय ८ जना सहभागि थिए । होङबान्जी बौद्ध समाज, कपनमा आयोजना भएको एक दिने ध्यान शिविरसँगै आचार्य लामा कर्मा साङ्बोले सात दिने अल्पकालिन लामा तथा आनी साधना समेत सञ्चालन गर्नु भएको छ । शनिवार सात दिने अल्पकालिक लामा आनी साधना समेत सम्पन्न भएको छ । ध्यान कार्यक्रममा विशेष वक्ताको रुपमा प्राध्यापक नरेशमान वज्रचार्य सहभागि भई प्रवचन समेत दिनु भएको थियो । आचार्य लामा कर्मा…

Read More