काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माघ २२ गते आइतवार एक विशेष बौद्ध कार्यक्रम आयोजना गरिने भएको छ । रोशी गाउँपालिकाको वडा नं ११ स्थित कालोढुंगा, डम्फुपार्कमा परम पावन धर्मगुरु टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ (आयू अभिषेक) र शरण गमनको शिल प्रदान गर्दै हुनुहुन्छ । साथै उक्त अवसरमा सोनाम ल्होसारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रम माघ २२ गते आइतवार विहान ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजक टाशी चुम्लाखाङ गुम्बा अध्ययन केन्द्र रहेको छ । उक्त कार्यक्रमलाई हिमालयन बौद्ध सम्भोटा लिपी प्रशिक्षण केन्द्रले समन्वय गरेको हो । त्यस्तै सहयोगीका रुपमा रोशी गाउँपालिका रहेको छ ।


