भोजपुरमा गुम्बा निर्माणका लागि सहयोगको खाँचो

प्रदेश १ को भोजपुर जिल्लास्थित भोजपुर नगरपालिका विश्व शान्ति बौद्ध गुम्बाको पक्की भवन निर्माणको तयारी भइरहेको छ । नगरपालिकाको वडा नं ९ मा रहेको ७ रोपनीमा रहेको कच्ची गुम्बालाई पक्की भवनमा निर्माण गर्न लागिएको हो । यहाँ रहेको गुम्बा २०५१ साल बैशाख १९ गते निर्माण गरिएको हो । गुम्बामा न्यूइने व्रत, बुद्ध जयन्ती र ल्होसा लगायतका बौद्ध धर्मसम्बन्धी गतिविधहरु गरिदै आएको छ ।

पक्की भवन निर्माणका लागि स्थानीय पूर्वाधार इटहरी कार्यालयबाट २० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । सोही रकमबाट पक्की भवन निर्माणको क्रममा रहेको छ । भवन निर्माणका लागि डिजाइन बनाइ सकिएको छ । सरकारी बजेटबाट मात्रै भवन निर्माण गर्न अपुग हुने भएकाले गुम्बा निर्माण समितिले स्थानीय तह, जनश्रमदान र दाताहरुबाट सहयोग जुटाउने तयारी गरेको छ ।

गुम्बा निर्माणका लागि सहयोग गर्न चाहनेहरुले यो नंवरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
फोनः ९८१७८३३०७४

Share

Related posts

Leave a Comment