देबदत्त बुद्धलाई सधैं नै तल देखाउने चेष्टामा लागी रहन्थे । तर उनलाई सधैं निराशा मात्रै हात लाग्थ्यो । एकपटक जब तथागत बुद्ध कपिलवस्तु पुग्नुभयो तब अनेकौं कुलीन शाक्यवंशी राजकुमार वहाँको अनुयायी बने । देवदत्त पनि तिनीहरु मध्येका एक थिए । केही समयपछि देवदत्तले ऋद्धिबल प्राप्त गरे र एकपटक त्यसको प्रदर्शन मगधका भाबी सम्राट अजातशत्रुका समक्ष गरे । त्यहाँ उनी एक शिशुको रूपमा प्रकट भए जसले सर्पको मेखला बाँधेका थिए । त्यो समयबाट अजातशत्रुले उनलाई परम आदरभावले हेर्न थाले । केही दिनपछि देवदत्त मगधबाट फर्किएर संघमा आए तब उनले आफुलाई बुद्धभन्दा…
Read MoreCategory: विविध
गौतम बुद्ध र सुदास
गौतम वुद्ध जीवित रहनुहुँदाका समयको कुरा हो । एक पटक तराइको एउटा गाउँमा महात्मा वुद्धको आगमन भएको थियो । त्यसै गाउँको पुछारमा सुदासको एउटा झुप्रो थियो । सुदास एक गरीव चमार थिए । झुप्रोपछाडिको थोरै जमीनमा उनले एउटा पोखरी बनाएका थिए । कमल रोपेका थिए । ससाना माछा पनि पालेका थिए । सुदास प्रत्येक बिहान पोखरीनिर उभिएर भित्र पानीमा खेलिरहेका माछा हेर्थे । एक बिहानको कुरा हो , सुदास सधैं झैं झुप्रापछाडिको पोखरीनिर पुगेकाथिए । पोखरीमा बेमौसममै एउटा कमल फुलिरहेको देखियो । सुदासलाई अचम्म लाग्यो । एक छिन त हेरि…
Read Moreरसियामा बौद्ध धर्मको इतिहास
नेपाल, भारत र तिब्बत बाहेक रुसमा पनि प्राचीन समयदेखि नै बौद्ध धर्म पुगिसकेको ऐतिहासिक अभिलेख पाइन्छ । ऐतिहासिककालदेखि नै बौद्ध धर्मको विस्तार भएका कारण रुसमा बौद्ध धर्मलाई प्राचीन धार्मिक संस्कार र ऐतिहासिक सम्पदाको रुपमा लिइन्छ । रुसमा विद्यमान विभिन्न धर्म तथा सम्प्रदायसँगै बौद्ध धर्म पनि रुसभरि नै फैलिएको छ । रुसका धेरै आदिवासी बौद्ध धर्म र संस्कारको पालना गर्छन् । पूर्वी एसियाली देशहरुसँग जोडिएका कारण रुसको साइवेरीयामा सर्वप्रथम बौद्ध धर्मको विस्तार भएको थियो । साइवेरीयामा महायानी बौद्ध मध्ये गेलुक्पा परम्पराको अनुशरण गर्नेको बाहुल्यता बढि छ । यसबाहेक अन्य परम्पराको अनुशरण…
Read Moreपरित्राण पाठ भनेको के हो ? परित्राण पाठ किन गरिन्छ ?
बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति…
Read Moreयसकारण नेपाल बौद्ध धर्मको मुख्य श्रोत
बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा न विभाजन गर्ने गरिन्छ । पाली र संस्कृत भाषामा लेखिएका पुस्तकबाहेक नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि काठमाडौँ उपत्यका बौद्ध धर्मको खास श्रोत हो भन्ने खासै थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए । त्यतिबेला यसले बौद्ध धर्मको…
Read Moreबौद्ध धर्ममा पञ्चशीलको महत्व र उदारता
बौद्ध धर्ममा पञ्चशीलको एकदमै ठूलो महत्व छ । पञ्चशील बौद्ध धर्मको आधारभुत पाँच शीलहरुको संग्रह हो । अंगुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापद भनिएको १० शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बौद्ध धर्म प्रवेश गर्ने प्रवेशद्वारको रुपमा लिइन्छ । पञ्चशीलमा बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा अरुले नदिएको नलिने, झुठो नबोल्ने, आफ्नो पति वा पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण लिइन्छ…
Read Moreबौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो
पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन । गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत । अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर…
Read Moreयसकारण भिक्षुहरुले त्रिपिटक लिपिबद्ध गरे
बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थान वा खास समुदायलाई । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले सबै उपदेशलाई संग्रहित गर्नु पर्ने आवश्यकता देखे । बुद्धका उपदेशहरु श्रृतिश्रवण परम्परामा मात्रै सिमित राख्दा कालान्तारमा आफु अनुकुल व्याख्या हुने वा सुनाइन सक्ने सम्भावना…
Read Moreमहास्थिवीर उपालि बौद्ध कालका एक महान आदर्श पात्र
विनयधर उपालि महास्थिवीर उपालि बौद्ध काल का एक महान आदर्श पात्र हुनुहुन्छ। महास्थिवर उपालि बौद्ध धम्मको यो विशिष्टता को घोषणापत्र हुनुहुन्छ कि एक निम्न जाति मा उत्पन्न व्यक्ति पनि भगवान बुद्धको मार्गको अनुसरणगर्दै महामानवको पदलाई प्राप्त गर्नु भएको छ। उपालि भगवान बुद्ध द्वारा स्थापित विनयहरुको श्रेष्ठ विद्वान ज्ञाता हुनु भएको थ्यो। वर्तमान विनय पिटकको संग्रह गर्ने श्रेय उपालि महा स्थविरलाई नै जान्छ। त्यसै कारणले वहाँलाई बौद्ध साहित्यमा विनयधर को नामले सम्मान वर्णन गरीएको छ। महास्थविर उपालि भिक्खुहरु लाई प्रशिक्षित गर्नमा विशेष रूपले पारंगत हुनु हुन्थयो र आफ्नो जीवन को एक…
Read Moreञ्युङ्ने भनेको के हो ?
बौद्ध धर्मभित्रका विभिन्न अभ्यासहरुमध्ये ञ्युङ्ने पनि एक हो । पछिल्ला केही वर्षहरुमा ञ्युङ्ने अभ्यासको क्रम बढ्दै गइरहेको छ । यद्यपी ञ्युङ्ने अभ्यासलाई संस्कारको रुपमा नभई यथार्थको अभ्यासको रुपमा आत्मसात गर्दै जानु पर्ने धर्मगुरुहरु बताउँछन् । ञ्युङ्ने भन्नाले खानापिन कम अथवा त्यागेर पाप नष्ट गरी पूण्यको सञ्चयको अभ्यासमा रहने विधि हो । यो अभ्यासमा रहुञ्जेल बोल्ने र खाने पिउने गरिदैन । ध्यानै ध्यानमा रहेर ञ्युङ्ने अभ्यास गरिन्छ । ञ्युङ्ने गुरुकुलमा गरिने अभ्यास भएकाले गुरु अनुसार पूजापाठ मोन्लम भने केही फरक हुन सक्छ । यद्यपी यसको अभ्यास र अर्थ समग्रमा एउटै हुन्छ…
Read More