जसलाई भेट्यो उसैलाई मार्ने अंगुलीमाल कसरी बुद्धको शिष्य बने ?

त्यस बेला बुद्ध कौशल राज्यमा बस्नुहुन्थ्यो । उहाँ गाँउमा भिक्षाटनका लागि निस्किनुभएको थियो । तर गाँउ सुनसान थियो, सबै घरहरूको झ्याल ढोकाहरू बन्द थिए । बुद्ध प्रत्येक घरका अगाडि गएर उभिनुहुन्थ्यो, तर कोही मानिस पनि बाहिर आउन्नथे । बुद्ध कोही पनि मानिस बाहिर नआएकोमा अचम्म मान्दै हुनुहुन्थ्यो । यत्तिकैमा एक जना मानिसले बुद्धलाई हातमा समाए र एक्कासी घरभित्र ल्याए । बुद्धले प्रश्न गर्नुभयो, “वास्तवमा आज गाँउमा के भएको हो ? सबै मलाई बताउनुहोस् ।” उक्त मानिसले बुद्धलाई सबै कुरा सविस्तार सुनाए, “गाँउ नजिकैको वनमा अङ्गुलीमाल नामक डाकु आएको छ र…

Read More

बौद्ध धर्ममा असार पूर्णिमा अर्थात् गुरु पूर्णिमा

असार पूर्णिमा अर्थात् गुरु पूर्णिमाको महत्व बौद्ध धर्मावलम्बीबीच पनि रहेको छ । बौद्ध धर्ममा असार पूर्णिमाकै दिन गौतम बुद्धले महामायाको कोखमा प्रवेश गर्नु भएको थियो । त्यस्तै आजकै दिन बुद्धले महाभिनिष्क्रमण अर्थात् दरबार छोडेर ज्ञानको खोजीमा निस्कनु भएको थियो । बुद्धत्व प्राप्तिपछि असार पूर्णिमाकै दिन वाराणासी नजिकै ऋषिपतन मृगदाव (सारनाथ)मा सम्यक सम्बुद्धले आफुले पाएको ज्ञानलाई सर्वप्रथम पाँच जना सन्यासीहरु, जो पछि गएर प्रथम वा पञ्चवर्गीय भिक्षुका रुपमा प्रख्यात भए, उहाँहरुलाई धर्म उपदेशबाट अमृतपान गराउनु भएको थियो । यसरी धर्म प्रचार भयो वा धर्मको चक्का घुम्न थाल्यो भन्ने अर्थले धर्मचक्रप्रवर्तन दिवस…

Read More

पवित्र बौद्ध धार्मिकस्थल नमोबुद्धमा महासत्व राजकुमारको देहदान

बसन्त महर्जन गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय आकर्षणको थलो बनेको छ । जातक कथाअनुसार महासत्व राजकुमारको जन्म राजा महारथ र रानी सत्यवतीको कान्छो छोराको रुपमा भएको थियो । यी राजाको राज्य राजधानी नमोबुद्धभन्दा पश्चिमस्थित वर्तमान पनौतिमा थियो भन्ने मान्यता स्थानीय…

Read More

बर्मामा बौद्ध धर्मको सम्बन्ध र इतिहास

बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो । कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो । तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए । तर अझै पनि बर्मामा धेरै नेपालीको स्थायी बसोबास रहेको छ । विभिन्न आँकडा अनुसार त्यहाँ करिब २ लाख नेपालीभाषीको बसोबास रहेको अनुमान गरिन्छ । पुरानो बर्मा र हाल म्यानमार भनिने यो देश बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको देश हो । थेरवाद बौद्धमार्गीको बाहुल्यता भएको बर्मासँग बौद्ध इतिहासको लामो सम्बन्ध छ…

Read More

बज्रयान बौद्ध धर्म अनुसार पञ्च दान

पञ्चदान (वज्रयान बौद्ध प्रचलनमा दानपारमिता) विषय प्रवेश वज्रयान बौद्ध प्रचलनमा काय, वाक र चित्त शुद्धगर्न महत्वपूर्ण बौद्ध अभ्यास भनेको दशपारमिताको अभ्यासमा अभ्यष्त हुनु हो । जसलाई तथागत चर्या भन्ने गरिन्छ । नेपालमण्डलको बौद्ध तथागत चर्यामा, पञ्चदान काय, वाक र चित्तलाई शुद्धगर्ने अभ्यास रहेको छ । तथागत चर्यामा रहेका शाक्य, वज्राचार्यहरुले समेत स्वयम्भू भगवानलाई दीपंकर बुद्धको स्वरुपमा विराजमान गराएर बहाः, बही र स्वयम आफ्नो घरघरमा समेत दानशाला स्थापनागरी दान दिने प्रचलन प्रत्येक युगकोप्रारम्भमा, विविध समयमा हुने गरेको ऐतिहासिक प्रमाण पञ्चदानको समयमा वाचलन गरीने दानगाथाको २७ देखि २९ औं श्लोकमा यसरि उल्लेख…

Read More

चीन पुग्ने पहिलो नेपाली बौद्ध धर्मका विद्धान, इतिहासले बिर्सिएको एक पात्रः बुद्धभद्र

चिनियाँ बौद्ध धर्मसम्बन्धि जति ज्ञाता नेपाल आउने गर्छन्, उनीहरू प्रायःले बुद्धभद्रबारे चर्चा गर्ने गर्छन् । छैटौं शताब्दीमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनलाई समेटिएको एउटा पुस्तक तयार गरिएको थियो । त्यसको नाम थियो, गाओ सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुहरूको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्दा रहेछन् । त्यसै पुस्तकमा बुद्धभद्रबारे भनिएको छ, उनी कपिलवस्तुमा जन्मेका हुन् । अझ उनी शाक्यवंशी राजा अमृतोदानका वंशज भनिएको छ । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । पाँचौंं शताब्दीमा उनी चीन पुगेका थिए ।…

Read More

त्रिपिटक यसकारण लिपिबद्ध गरियो

गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सधर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक…

Read More

यस्तो छ लुम्बिनीको धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमि

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लरका रुपमा लुम्बिनीमा पाउन सकिन्छ…

Read More

बौद्ध धर्ममा जातक कथा

जातक कथाको अर्थ हो जन्मको कथा हो । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो । यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले…

Read More

भुटानमा रहेको बौद्धमार्गीको पवित्र स्थल टाइगर नेष्ट

भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…

Read More