बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा न विभाजन गर्ने गरिन्छ । पाली र संस्कृत भाषामा लेखिएका पुस्तकबाहेक नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि काठमाडौँ उपत्यका बौद्ध धर्मको खास श्रोत हो भन्ने खासै थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए । त्यतिबेला यसले बौद्ध धर्मको…
Read MoreCategory: विविध
बौद्ध धर्ममा पञ्चशीलको महत्व र उदारता
बौद्ध धर्ममा पञ्चशीलको एकदमै ठूलो महत्व छ । पञ्चशील बौद्ध धर्मको आधारभुत पाँच शीलहरुको संग्रह हो । अंगुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापद भनिएको १० शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बौद्ध धर्म प्रवेश गर्ने प्रवेशद्वारको रुपमा लिइन्छ । पञ्चशीलमा बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा अरुले नदिएको नलिने, झुठो नबोल्ने, आफ्नो पति वा पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण लिइन्छ…
Read Moreबौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो
पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन । गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत । अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर…
Read Moreयसकारण भिक्षुहरुले त्रिपिटक लिपिबद्ध गरे
बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थान वा खास समुदायलाई । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले सबै उपदेशलाई संग्रहित गर्नु पर्ने आवश्यकता देखे । बुद्धका उपदेशहरु श्रृतिश्रवण परम्परामा मात्रै सिमित राख्दा कालान्तारमा आफु अनुकुल व्याख्या हुने वा सुनाइन सक्ने सम्भावना…
Read Moreमहास्थिवीर उपालि बौद्ध कालका एक महान आदर्श पात्र
विनयधर उपालि महास्थिवीर उपालि बौद्ध काल का एक महान आदर्श पात्र हुनुहुन्छ। महास्थिवर उपालि बौद्ध धम्मको यो विशिष्टता को घोषणापत्र हुनुहुन्छ कि एक निम्न जाति मा उत्पन्न व्यक्ति पनि भगवान बुद्धको मार्गको अनुसरणगर्दै महामानवको पदलाई प्राप्त गर्नु भएको छ। उपालि भगवान बुद्ध द्वारा स्थापित विनयहरुको श्रेष्ठ विद्वान ज्ञाता हुनु भएको थ्यो। वर्तमान विनय पिटकको संग्रह गर्ने श्रेय उपालि महा स्थविरलाई नै जान्छ। त्यसै कारणले वहाँलाई बौद्ध साहित्यमा विनयधर को नामले सम्मान वर्णन गरीएको छ। महास्थविर उपालि भिक्खुहरु लाई प्रशिक्षित गर्नमा विशेष रूपले पारंगत हुनु हुन्थयो र आफ्नो जीवन को एक…
Read Moreञ्युङ्ने भनेको के हो ?
बौद्ध धर्मभित्रका विभिन्न अभ्यासहरुमध्ये ञ्युङ्ने पनि एक हो । पछिल्ला केही वर्षहरुमा ञ्युङ्ने अभ्यासको क्रम बढ्दै गइरहेको छ । यद्यपी ञ्युङ्ने अभ्यासलाई संस्कारको रुपमा नभई यथार्थको अभ्यासको रुपमा आत्मसात गर्दै जानु पर्ने धर्मगुरुहरु बताउँछन् । ञ्युङ्ने भन्नाले खानापिन कम अथवा त्यागेर पाप नष्ट गरी पूण्यको सञ्चयको अभ्यासमा रहने विधि हो । यो अभ्यासमा रहुञ्जेल बोल्ने र खाने पिउने गरिदैन । ध्यानै ध्यानमा रहेर ञ्युङ्ने अभ्यास गरिन्छ । ञ्युङ्ने गुरुकुलमा गरिने अभ्यास भएकाले गुरु अनुसार पूजापाठ मोन्लम भने केही फरक हुन सक्छ । यद्यपी यसको अभ्यास र अर्थ समग्रमा एउटै हुन्छ…
Read Moreकथिन चिवर दान र यसको महत्व
भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्म कोविद” अध्यक्ष–अ.बु.प.उ.विहार, बुटवल उपसम्पदा भिक्षुहरुलेहरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान गरि आसार पूर्णिमाको दिन संघउपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा विनय पूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ । पावाकातिंस वर्गी (३०जना) भिक्षुहरु जो आरण्य(जंगल) बासी, पिण्डपात (भिक्षाटन) मात्र गरेर भोजन गर्ने, तीन चीवर मात्र प्रयोग गर्ने विनयधर शीलवान हुनुहुन्थ्यो । पावा महत्वपूर्ण ठाउँ हो । यो हालमा भारतको पूर्बि विहार राज्यमा पर्दछ । यहिँ ठाउँमा पतन्जली योग विद्याका…
Read Moreबौद्ध धर्मावलम्वीका लागि महत्वपुर्ण मानिने खादामा के लेखिएको हुन्छ ?
सुरज खड्का हिमाली बौद्ध धर्मावलम्वी बीच खाताग अर्थात खादाको अत्यन्तै ठूलो महत्व रहेको छ । पवित्र धार्मिक कार्यहरुमा प्रयोग हुने खादाको प्रयोग जनजीवनमा पनि उत्तिकै हुन्छ । स्वागत, सम्मान तथा शुभकार्यहरुमा हिमाली बौद्धमार्गीका लागि खादा नभई हुँदैन । खादाको प्रयोग कसरी सुरुवात भयो भन्ने बारेमा थुप्रै थरी मान्यता र भनाईहरु प्रचलित रहँदै आएको छ । प्राचीनकालमा हिमाली क्षेत्रमा पुरुषलाई दाहिने कुममा र महिलालाई देब्रे कुममा सेतो पिठो छर्कने चलन थियो, जसलाई कर्कग भनिन्थ्यो । कालान्तारमा यही शव्द अपभ्रंश भई खाताग बन्न पुगेको विश्वास रहदै आएको छ । अर्को मान्यता अनुसार…
Read Moreबौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध
ताराशोभा राजकर्णिकार स्थापित बौद्ध धर्म अनुसार चार लोकहरु छन् — देव मनुष्य असुर तिर्यक । रुप आकारमा सर्पसंग मिल्ने शक्तिसम्पन्न भएर पनि नागराज तिर्यक जाती अन्र्तगत पर्छ । दिव्य ऐश्वर्य दिव्य विमानयुक्त छ नाग भुमि नाग सयुक्त सद्धिक सूत्र अनुसार जो व्यक्ति शरीर, मन र वचनले पुण्य र पाप गर्छ, नागभुवनको दिव्य सुखको आशागरी अन्न पान, वस्त्र सवारी माला गन्ध विलेपन शैया घर प्रदिप आदि दान गर्छ र कुशल कार्यमा समर्पित भएर पनि जीवनको अन्तिम समयमा उत्पन्न द्वेषयुक्त वा पश्चातापयुक्त चित्तमै देह परित्याग भएमा मरणोपरान्त अण्डज, जलाबुज, संश्वेदज र औपपातिक…
Read Moreबौद्ध धर्मावलम्वीका लागी विजयादशमीको महत्व के छ ?
असत्यमाथि सत्यको विजय अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको खुशियालीमा मनाइदै आएको बडा दशैंको आज महत्वपुर्ण दिन विजयादशमी हो । आज मान्यजनको हातबाट टीका लगाउँदै आशिरवाद लिने चलन छ । बडा दशै हिन्दु धर्मावलम्वीका लागि सबैभन्दा ठूलो चाड हो । बडा दशै अर्थात विजयादशमी बौद्ध धर्मावलम्वीका लागि पनि विशेष मानिन्छ । इतिहास हेर्ने हो भने विजयादशमी बौद्धमार्गीका लागि पनि महत्वपुर्ण छ । बौद्ध धर्ममा विजयादशमीलाई अहिंशात्मक पर्वको रुपमा रहेको छ । मौर्य सम्राट तथा बौद्ध धर्मका सबैभन्दा ठूला प्रचारक अशोकले विजयादशमीकै दिन सम्पुर्ण शस्त्र अस्त्र र हिंशात्मक गतिविधि त्यागेर बौद्ध…
Read More