कुम्भघोषकको कथा

✍️ संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…

Read More

चित्तानुप्पश्यना भावना गर्ने विधि

यथाभूत खेमिन्द योगीहरूलाई देखेर जानेको मनले “(एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ। गन्ध जानेको मनले पनि “(एहि)आउनु होस,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ । रस पाएको मनले पनि (एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस भनेर भनिरहेको छ।(फोट्टब्ब )छुइने, ठोकीने सपर्सले पनि (एहि)आउनुहोस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ।धम्म आरमणले भन्ने सोचाइ मनले पनि(एहि)आउनु होस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ। देखेको मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भने देखेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ। सुनेको मनलाई तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भने सुनेको मनले…

Read More

अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल—कुर्बु गुम्बा

कुर्बु गुम्बा ल्हासा शहरबाट पश्चिमतिर ६० किलोमिटर टाढा त्वी लुङ्ग द छिङ्ग जिल्लाको कु रुङ्ग क्षेत्रअन्तर्गत छु बु कौमा पर्दछ । तिब्बती बुद्ध धर्मअन्तर्गत खामागेग्यु सम्प्रदायका संस्थापक डुस्गसुम्मखयेन पाद्बारा सन् ११८९ मा स्थापित उक्त गुम्बा गेग्यु सम्प्रदाय अन्तर्गत है माउ शाखाको मुख्य गुम्बा हो । उक्त गुम्बा तिब्बती बुद्ध धर्ममा अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल मानिन्छ । दोस्रो पुस्ताका अवतारी खा मा पा तिब्बती बुद्ध धर्मका पहिलो पूनर्जन्म अवतारी हुन् । कुर्बु गुम्बामा प्रशस्तै सम्पदा छन् । अधिकांसको राम्रोसँग संरक्षण गरिएको छ । उदाहरणका लागि, कुर्बु गुम्बाको मुख्य भवन बाहिर लगभग…

Read More

बुद्धको यो अत्यन्तै प्रभावशाली उपदेश र शिक्षा

एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो?” त्यस युवकले भने, “हजुर, हिजो मेरा पिताको मृत्यु भयो। त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको। जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ। हजुर त महान् हुनुहुन्छ, हजुरजस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला। त्यसैले प्रभु! बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस्।” ऊ अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए। बुद्धलाई थाहा…

Read More

गोन्पा शिक्षाको ऐतिहासिक पृष्ठभूमि र विकास क्रम

आज भन्दा २५५७ औं वर्ष पूर्व नेपालको लुम्बिनी उद्यायनमा शाक्य कुलका राजा शुद्धोधन तथा रानी महा मायादेवीको सुपुत्रको रुपमा जन्म लिनु भएका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा यस संसारिक दुःखबाट पीडित प्राणीहरुको उद्घारको लागि आफ्नो परिवार सहित वैभवशाली राजदरवारलाई त्यागेर ज्ञानको खोजिमा निस्कनु भयो । तत्कालिन ख्यातिप्राप्त गुरुहरु कहाँ जानुभई विभिन्न प्रकारका शिक्षाहरु हासिल गर्नु भएता पनि यथार्थ ज्ञान प्राप्त नभए पछि ती सबै गुरुहरुबाट विदा भई ६ वर्षसम्मा साधना गर्दै अन्तमा नैरञ्जना नदीको किनारमा बोधिवृक्षको मुनि पूर्वाभिमुक आसनमा बस्नुभई सम्यक् सम्बोधि  प्राप्त नभएसम्मा आफु त्यस स्थानबाट नउठने दृढसंकल्प गरेपछि वैशाख…

Read More

बौद्ध धर्ममा लोचावा भनेको के हो ?

हिमाली तथा तिव्वती बौद्ध धर्मावलम्वीहरुमा लोचावा शव्दको विशेष महत्व रहेको छ । लोचावालाई यी भेगमा निकै सम्मानपूर्वक लिइन्छ । लोचावा तिब्बती अनुवादकहको शीर्षकमा प्रयोग गर्ने शव्द हो । यो शव्दको अर्थ हुन्छ अनुवादक । भारतीय विद्वान तथा पण्डितहरुसँग मिलेर बौद्ध ग्रन्थलाई संस्कृत र पाली भाषाबाट चिनिया, तिब्बती र अन्य एसियाली भाषाहरुमा अनुवाद गर्ने काममा लोचावाहरुको विशेष योगदान रहेको छ । संस्कृत र पाली भाषामा रहेका बौद्ध ग्रन्थहरुलाई तिब्बतीमा भाषामा अनुवाद गर्ने प्रमुख र प्रख्यात लोचावाहरुमध्ये पगोर वैरोचन, ज्ञानसुत्र, युड्रञिङपो, रिन्छेन जाङ्पो, मारपा हुन् । तिब्बतीमा लोचावा भन्ने शब्द “द्विभाषी“ र…

Read More

बुद्ध धर्मको इतिहास र महत्वपूर्ण तथ्य

बौद्ध धर्मका प्रस्थापक महामानब माहात्मा बुद्ध साक्यमुनि ( गौतम बुद्ध ) हुनुहुन्छ । उहाँ ५६३ ईसा पुर्बबाट ४८३ इसा पुर्बसम्म रहनु भयो । इसाइ र इस्लाम धर्मभन्दा पहिला बौद्ध धर्मको उत्पत्ती भएको थियो । यश धर्मका अनुयायीहरु धेरै जसो चीन, जापान, कोरिया, थाइल्यान्ड, कंम्बोडिया, भियतनाम, श्रीलंका, नेपाल, भुटान र भारत जस्ता कयौं देशहरु छन । (१) बौद्ध धर्मका संस्थापक गौतम बुद्ध हुनुहुन्छ, उहाँलाई एसियाको ज्योति पनि भनिन्छ । (२) गौतम बुद्धको जन्म ५६३ इसा पुर्बको बीच साक्य गण राज्यको तत्कालीन राजधानी कपिलवस्तुको नजिक लुम्बिनी नेपालमा भएको हो । (३) उहाँको…

Read More

यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु

बुद्धको स्तूपहरुको निर्माण बुद्धको महापरिनिर्वाण भए पछि गरिएको थियो । बुद्धको पवित्र धातु (अस्थि) हरु बाट सर्व प्रथम आठ स्तुपहरु को निर्माण भएको थियो । १. आजत शत्रु ( राजगृह) २. शाक्य ( कपिलवस्तु) ३. वूली ( अल्पकल्प) ४. कोलिय ( रामग्राम) ५. मल्ल ( पावा) ६. मल्ल ( कुशीनगर) ७. ब्राह्मण ( वैश्दीप) ८. लिच्छवि ( वैशाली) यी ८ स्तुपहरु मध्ये सात स्तुपहरुलाई खन्न लगाएर सम्राट अशोकले चौरासी हजार स्तुपहरुको निर्माण गराएका थिए । ती जुन तीन प्रकारका थिए । क. शारीरिक स्तूप (त्यो स्तूप जुन् भगवान बुद्धको अस्थिहरुबाट…

Read More

निर्वाणसम्म पुग्ने एउटै सही बाटो

अनुवाद निर्मल एमजिके ♣ मनुष्यहरूको मन दिन प्रतिदिन जलेर धमिलो र मैला भइरहेको छ। लोभ भनेको धमिलो र मैला हो। क्रोध भनेको पनि धमिलो र मैला हो। मोह पनि धमिलो र मैला हो। अभिमान पनि धमिलो र मैला हो। र ईर्ष्या र मत्सर्य भन्ने धमिलो र मैलाको कारणले चित्त सङ्लो नभएको हो। चित्त सङ्लो नभएको कारणले सत्व प्राणीहरू दुःखबाट पार हुन सक्दैनन्। किलेशको मैलाले हरदम जलाई रहेको हुन्छ। ♣त्यो चित्तलाई सङ्लो बनाउनको लागि, नराम्रा सोचाइ मनहरू हटेर जानको लागि एउटै भएको विपस्यना कर्मस्थानलाई आचरण गर्नु पर्छ भनिएको हो। ♣ मन सङ्लो भएर आयो…

Read More

ललितपुरका अशोक चैत्यहरुको वास्तविकता !

ललितपुर जिल्लाको पाटन शहरमा रहेको अशोक थूर, कहिने थूरहरू काठमाडौंका स्वयम्भू चैत्य वा बौद्धको ठूलो चैत्यजस्तै उपत्यकाभित्रका विशिष्ट बौद्धस्थल हुन् । यी चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर र ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित छन् । यी चार थूर झण्डै उस्तै थूर देखिन्छन्। माटोको अर्धगोलाकार गुम्बज उठाइन्छ, आवश्यक परेको ठाउँमा ईटको गारो पनि लगाइन्छ, टुप्पामा सानो चैत्य वा त्रियोदश भूमि बनाइन्छ, गर्भको फेदमा चारै दिशामा खोपाभित्र एउटा एटा बुद्ध मूर्ति राखिन्छ । थूरको सम्पूर्ण भाग माटो, ईट इत्यादिले बनेको हुन्छ । अरु वस्तु त्यतिको…

Read More