बौद्ध धर्म र संस्कृतिसँग जोडिएका १० सामान्य ज्ञान

१) भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो?

मूल सर्वास्थित विनय

२) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले पालना गर्नुपर्ने नियमहरु कति छन्?

२३१

३) नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो?

बौद्धनाथ

४) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए?
पाली भाषा

५) मुक्तिनाथ देवतालाई कुन कुन धर्मावलम्बीहरुले पूजा गर्छन?
हिन्दु र बौद्ध

६) स्वयम्भूका निर्मल शान्त दुई आँखाले के के जनाउँदछन्?
करुणा र स्वज्ञान

७)बौद्ध धर्मका पाँच शीलहरु के के हुन् ?

बौद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन निषेध र मद्यनिषेध हुन् जसअनुसार झुटो कु्रा कहिल्यै नबोल्नु, हिंसा कहिल्यै नगर्नु, चोरी कहिल्यै नगर्नु, ब्रह्मचार्यमा रहनु तथा मद्यपान नगर्नु रहेका छन्।

८) गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि सर्वप्रथम उपदेश दिएको ठाउँ कुन हो?
सारनाथ

९) गौतम बुद्धको सारथिको नाम छन्दक हो भने घोडाको नाम के हो?

कन्थक

१०) गौतम बुद्ध बस्ने कुटिलाई के भनिन्छ?

गन्धकुटि

Share

Related posts

One Thought to “बौद्ध धर्म र संस्कृतिसँग जोडिएका १० सामान्य ज्ञान”

  1. Guna Maharjan

    भिक्षुणीकाे पालना गर्ने नियम ३३१ वाट हाे । २३१ हाेइन् ।