चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग

आर्य सत्यको संकल्प बौद्ध दर्शनको मुल सिद्धान्त हो । यसलाई संस्कृतमा “चत्वारी आर्यसत्यानी” र पालीमा “चत्तरी अरियसच्चानी” भनिन्छ ।
आर्यसत्य चार छन:-
(१) दु:ख-संसारमा दु:ख छ ।
(२) समुदाय-दु:खका कारण छन ।
(३) निरोध-दु:खको निबारण छ ।
(४) मार्ग-निवारणका लागी अष्टांगिक मार्ग छ ।

प्राणी जिबनभर दु:खका श्रृङ्गखलामा परि रहन्छ, यो दु:ख आर्यसत्य हो । संसारको विषयप्रती जुन तृष्णा छ त्यहीँ समुदाय आर्यसत्य हो । जुन प्राणी तृष्णामा मर्छ, उ यो प्रेरणाले पुनः जन्म ग्रहण गर्दछ । त्यसैले तृष्णाको समुदायलाई आर्यसत्य भनिन्छ । तृष्णाको अवशेष प्रहाण गरिदिने निरोध आर्यसत्य हो । तृष्णा नभए पछी संसारका बस्तुको कारण कुनै दु:ख हुँदैन न मृत्युपर्यन्त उसको पुनर्जन्म हुन्छ निभेको दियो झै उसको निर्बाण हुन्छ । यस निरोध प्राप्तिका मार्ग आर्यसत्य अष्टांगिक मार्ग हो । यसको आठ अंग छ ।

(१) सम्यक दृष्टि:-चार आर्यसत्यमा बिश्वास गर्नु ।
(२) सम्यक संकल्प:-मानसिक र नैतिक बिकाशको प्रतिज्ञा गर्नु ।
(३) सम्यक वाक:-हानिकारक कुरा र झुठो नबोल्नु ।
(४) सम्यक कर्म:-हानिकारक कर्म नगर्नु ।
(५) सम्यक जिविका:-कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक ब्यापार नगर्नु ।
(६) सम्यक प्रयास:-आफुले आफैलाई सुधारने कोशिस गर्नु ।
(७) सम्यक स्मृति:-स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु ।
(८) सम्यक समाधी:-निर्वाण प्राप्त गर्ने कोशिस गर्नु ।

केही लोक आर्य अष्टांगिक मार्गलाई पथ झै सम्झन्छन जसमा अगाडी बढनका लागी अघिल्लो स्तरलाई पाउन आबस्यक छ । लोकलाई लाग्दछ कि यस मार्गको स्तर सबै साथ-साथै पाइन्छ । मार्गलाई तीन भागमा बर्गिकृत गरिन्छ:-प्रज्ञा, शिल र समाधी ।
आर्य अष्टांगिक मार्ग तथागत बुद्धको प्रमुख शिक्षाहरु मध्ये एक हो । जुन दु:खबाट मुक्ती पाउन एवं आत्म ज्ञान साधनाका रूपमा बताइएको छ । अष्टांगिक मार्गको सबै मार्ग “सम्यक” शब्दबाट आरम्भ हुन्छ । ( सम्यक=राम्रो वा सहि ) बौद्ध प्रतिकमा प्रायः अष्टांग मार्गका धर्म चक्रको आठ spokes द्वारा निरुपित गरिन्छ ।

बौद्ध धम्मका अनुसार चौथो आर्यसत्य नै आर्य अष्टांगिक मार्ग हो-दु:ख निरोध प्राप्तिको मार्ग । तथागत बुद्धले भन्नुहुन्थ्यो कि चार आर्यसत्यको सत्यता निश्चय गर्नका लागी यस मार्गको अनुसरण गर्नुपर्दछ ।

भगवान बुद्धले बताउनु भएको छ तृष्णा नै दु:खको मुल कारण हो । तृष्णाका कारण संसारको विभिन्न बस्तुहरु तर्फ मनुष्य प्रबृत्त हुन्छ र जब उसले ती चिजहरु प्राप्त गर्न सक्दैन अथवा प्राप्ति पछी पनि नष्ट भएर जान्छ तब उसलाई दु:ख हुन्छ । तृष्णाका साथमा मृत्यु प्राप्त गर्नेवला प्राणी त्यो प्रेरणाले फेरि जन्म ग्रहण गर्दछ र संसारको दु:ख चक्रमा पिसिदै रहन्छ । अत: तृष्णालाई सर्वथा प्रहाण गर्नेवाला जुन मार्ग छ त्यहीँ मुक्तिको मार्ग हो । यसलाई दु:ख निरोध गामिनी प्रतिपदा भनिन्छ । भगवान बुद्धले यस मार्गका आठ अंगहरु बताउनु भएको छ ।

(१) सम्यक दृष्टि ।
(२) सम्यक संकल्प ।
(३) सम्यक वचन ।
(४) सम्यक कर्म ।
(५) सम्यक आजिबिका ।
(६) सम्यक ब्यायाम ।
(७) सम्यक स्मृति र
(८) सम्यक समाधी ।

यस मार्गको प्रथम दुई अंग प्रज्ञाको र अन्तिम दुई समाधिको छ । बिचको चार शिलको छ । यसरी शिल, समाधी र प्रज्ञा यी तिनमा आठै अंगको सन्निवेस हुन्छ । शिल शुद्ध भएपछि मात्रै आध्यात्मिक जिबनमा कोही प्रवेश पाउन सक्छ । शुद्ध शिलको आधारमा नै मनुष्य ध्यान अभ्यास गरि समाधीको लाभ प्राप्त गर्दछ र समाधिस्थ अबस्थामा नै उसलाई सत्यको साक्षात्कार हुन्छ । यसलाई प्रज्ञा भनिन्छ, जसको ज्ञान प्राप्त हुनसाथ साधकलाई सत्ता मात्रको अनित्य, अनाम र दु:ख स्वरुप साक्षात्कार हुन्छ ।

प्रज्ञाको आलोकमा उसको अज्ञानांधकार नष्ट हुन्छ । यसले गर्दा संसरको सम्पुर्ण तृष्णा हराएर जानेछ । बितृष्णा भइ काहीं पनि अहंकार गर्दैन र सुख दु:खको बन्धनभन्दा माथी उठछ । यस जिबनको अनन्तर, तृष्णा नभएको कारण उसले फेरि जन्म ग्रहण गर्नेको कुनै हेतु रहदैन । यस प्रकार शिल, समाधी र प्रज्ञावला मार्ग आठ अंगमा बिभक्त भइ आर्य अष्टांगिक मार्ग भनिन्छ ।
स्रोत:-बौद्ध धर्मको श्रेणिको भाग ।
अनुबाद सुर्य तामाङ ।

Share

Related posts