ज्ञानको प्रतिक मन्जुश्री

सांगे लेग्देन गुरुङ (भूपेन) महयान बौद्ध धर्ममा अति पुज्य एवम् लोकप्रिय नाम हो मंजुश्री । गतिविधि अझ भनौं जगतहितार्थ उच्च भुमि धर्ममेघा शिरोमणिमा रहेर सर्वकल्याणको कार्यार्थ महाबोधिसत्व हुनुभए पनि । नितार्थमा उहाँ बुद्ध बुद्धत्वनै हुनुहुन्छ । जगतहितार्थ उहाजस्तै आठ उपपुत्र सदैव करुणा तथा मैत्रीपूर्णभावले जगतकल्याणको कर्म साधानामा लागि पर्नु भैरहनु हुन्छ ,मंजुश्री जस्तैः आठ कल्याण उपपुत्रहरु चाहि , ཉེ་བའི་སྲས་ཆེན་བརྒྱད། आठ उपपुत्र , १)འཇམ་པའི་དབྱངས། ་(मंन्जुश्री ) २)ཕྱག་ན་རྡོ་རྗེ། वज्रपाणि ३)སྤྱན་རས་གཟིགས། अवलोकितेश्वार ४)ས་ཡི་སྙིང་པོ། क्षितिगर्भ ५)སྒྲིབ་པ་རྣམ་སེལ།सर्वनिवरणविष्कम्भी ६)ནམ་མཁའི་སྙིང་པོ། आकाशगर्भ ७)བྱམས་པ། मैत्रेय ८)ཀུན་ཏུ་བཟང་པོ། समन्तभद्र यहाँ आठ मध्ये चर्चा गरिएको उहाँ मंजुश्रीको जन्मस्थल चाहि चीन देशमा हो…

Read More

बौद्ध शिक्षाको प्रवर्धनमा अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार

गौतम बुद्धको महापरिनिर्वाण पछि बौद्धमार्गीका लागी चार स्थान विशेष रहेका छन् । बुद्धले पहिलो आँखा उघारेको स्थान लुम्बिनी, बुद्धत्व पाएको बोधगया, बुद्धत्व प्राप्ति पछि पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण गरेको कुशीनगर । यी चार स्थानमध्ये पनि बुद्धको जन्मस्थल भएको कारण लुम्बिनी अझ बढी महत्वपुर्ण रहेको छ बौद्धमार्गी माझ । बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र क्षेत्रमा रहेको एउटा विहार हो अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा यो विहार रहेको छ । विहारको स्थापना जटिल भन्तेले विक्रम सम्बत २०५८ सालमा गरेका हुन् ।…

Read More

थेरवाद बुद्धधर्ममा कथिन दानको महत्व

पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…

Read More

बौद्ध धर्मको विस्तार चीन, कोरिया र जापानमा

इस्वी संवतको शुरुवातमै बौद्ध धर्म चीन पुगेको थियो । चीनबाट कोरिया पुग्दा चाँही बौद्ध धर्मले विरोधको सामना गर्नु परेको थियो । यद्यपी इ.सं. ५२८ सम्ममा बौद्ध धर्म कोरियाली भूमिमा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो । तर ती ठाउँहरूमा बौद्ध धर्मले सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो…

Read More

पाकिस्तानमा रहेको यो बौद्ध स्तुप किन विशेष मानिन्छ ?

बौद्ध धर्म विश्वका प्रमुख धर्ममध्ये एक हो, तर पाकिस्तानमा यसका अनुयायी निकै कम छन्। बौद्ध धर्मावलम्वीको संख्या कम भएपनि पाकिस्तानमा बौद्ध धर्मका कैयौँ प्राचीन स्थान र बहुमूल्य कलाकृति छन् । विगत केही वर्षदेखि धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्यहाँ कतरापुर करिडोरसहित विभिन्न परियोजनामा काम भइरहेको छ। साथै गन्धारा सभ्यताप्रति विदेशी पर्यटकहरूको रुचिलाई मध्यनजर गर्दै बौद्ध धर्मसम्बन्धी कार्यक्रम पनि गर्न थालिएको छ। पाँचौँ शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईसापूर्वसम्म तक्षशिला बौद्ध शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र मानिन्थ्यो। यहाँ विभिन्न स्तूप, पूजा स्थल तथा पुरातात्त्विक अवशेष छन् जसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सक्छन्।…

Read More

बुद्धको अन्तिम भोजन

भन्ते नागसेन ! धर्म संगायना गर्नेवाला स्थबीरहरुले भन्नुभएको छ–सोनार चुन्दले दिएको भोजन खाएर मैले यस्तो सुनेको छु, बुद्धलाई त्यो कडा रोग भयो जसले अन्ततः महापरिनिर्वाण नै भयो । फेरि पनि, भगवानले यस्तो भन्नुभएको छः “आनन्द ! मलाई प्रदान गरिएको दुइवटै भिक्षा बराबर पुण्य दिनेवाला छ, अन्य लोकले दिएको भिक्षा भन्दा त्यो दुई सबैभन्दा अधिक फल र पुण्य दिनेवाला छ ।“ कुन–कुन दुई भिक्षा ? (१) जुन भिक्षालाई खाएर मैले अलौकिक बुद्धत्वलाई प्राप्त गरेको थिए र (२) जुन भिक्षालाई खाएर मैले संसारबाट सधैका लागी छुट्टी मिल्नेवाला परिनिर्वाणलाई पाए । यी दुई…

Read More

यसकारण राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने

भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…

Read More

सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप (भिडियो सहित)

काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न धार्मिकस्थलमध्येका एक हो चारुमती स्तुप । काठमाडौँ महानगरपालिका ७ स्थित यो ऐतिहासिक स्तुप चावहिलको सडक छेउमै रहेको छ । धन्दो चैत्य पनि भनिने यो स्तुपको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो रहेको छ । काठमाडौ उपत्यका भित्र रहेका केही अशोककालिन बौद्ध सम्पदा मध्ये चारुमती स्तुप पनि एक हो । यो स्तुप २ हजार ३ सय वर्ष पुरानो मानिन्छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिकरुपले महत्वपुर्ण चारुमती स्तुप बौद्ध मार्गीका लागि पवित्र तिर्थस्थलका रुपमा रहेको छ । यो स्तुपको निर्माण सम्राट अशोककी पुत्रीले गरेको विश्वास रहँदै आएको छ ।…

Read More

आठ आर्य अष्टांग मार्गको महत्वलाई बुझौ

बौद्ध धर्म र दर्शन अनुसार चार आर्य सत्य अन्तर्गत आठ आर्य अष्टांग मार्ग रहेका छन् । बुद्ध भन्थे चार आर्य सत्यको सत्यतालाई निश्चय गर्नका लागि आठ आर्य अष्टांग् मार्गको अनुशरण गर्न आवश्यक हुन्छ । आठ आर्य अष्टांग मार्ग यस्ता छन्ः सम्यक दृष्टिः जस्तो छ त्यस्तै देख्नु अर्थात चार आर्य सत्यमा विश्वास गर्नु सम्यक संकल्पः  मानशिक र नैतिक विकासको प्रतिज्ञा गर्नु सम्यक वाणीः  अरुलाई विझाउने र झुठो नबोल्नु सम्यक कर्मः  हानीकारक कर्म नगर्नु सम्यक जीवनः  आफु बाँच्नका लागि अरुलाई हानी नपुर्याउनु सम्यक प्रयासः  आफुलाई सुधार्ने कोशिस गर्नु सम्यक स्मृतिः  राम्रो विचार…

Read More

प्राचीन महत्वको बौद्ध सम्पदाः स्वयम्भू

स्वयम्भू काठमाडौं शहरको पश्चिमतर्फ डाँडामा रहेको काठमाडौं उपत्यका भित्रको एउटा प्राचीन बौद्ध सम्पदा हो । तिब्बती भाषामा यस स्थललाई “फाग्पा शिङ्कुन” अथवा (सर्वोत्तम बृक्षहरू) भनिन्छ, जुन त्यहाँ पाइने विभिन्न प्रजातिका रुखहरुले जनाउँछ । यद्धपी शिङ्कुन चाहिँ स्थानीय नेपाल भाषाको मिश्रित “सिङ्गु” को अपभ्रंश नै स्वयम्भू भएको पनि हुन सक्छ । शिंगुको अर्थ स्व मुहान हुन्छ । मिथोलोजी स्वयम्भू पुराणका अनुसार कुनै समय काठमाडौ उपत्यकाभरि नै एउटा विशाल ताल थियो जसको बीचबाट एउटा कमलको फुल उम्रेको थियो। यस उपत्यकालाई स्वयम्भू भनेर चिनिन थाल्यो, जसको अर्थ हुन्छ “आफै उत्पत्ति भएको” । र,…

Read More