भगवान बुद्ध र सारीपुत्रको अन्तिम भेट

भगवान बुद्ध श्रावस्तीको जेतबन बिहारको गन्धकुटीमा बिहार गर्नुहुन्थ्यो । पाँचसय भिक्षुहरुलाई साथमा लिएर सारिपुत्र त्यहाँ पुगे । तथागतलाई अभिबादन गरेर सारीपुत्रले निवेदन गरे कि अब मेरो अन्तिम समय धेरै समीप आइसकेको छ । के तथागत अब मलाई शरीर त्याग्ने अनुमती दिनुहुन्छ ?
भगवान बुद्धले सारीपुत्रलाई सोध्नुभयो:-“के तिमीले आफ्नो परिनिर्वाणका लागी कुनै स्थान विशेष छानेको छौ ?”
सारीपुत्रले जवाफ दिए:-“म मगधको नालक नामक गाउँमा जन्मिएको हुँ । जुन घरमा जन्मिएको थिए त्यो अहिले पनि छ । मैले त्यसै घरलाई छानेको छु ।”
तथागतले भन्नुभयो:-“प्रीय सारीपुत्र ! जे राम्रो लाग्छ त्यो गर ।”

सारीपुत्र तथागतको चरणमा परेर भन्यो:-“मैले एक हजार कल्पसम्म पारमिताको अभ्यास केवल एकमात्र इच्छा लिएर गरे त्यो थियोे मलाई तपाईंको चरण बन्दना गर्न मिलोस । मेरो यो इच्छा पूरा भयो, मेरो खुशीको कुनै ठाउँ छैन ।
हाम्रो पुनरुत्पतीको सम्भावना छैन । त्यसैले यो हाम्रो अन्तिम भेट हो । तथागत मेरो अपराधलाई क्षमा गर्दिनुहोस ।”
तथागतले भन्नुभयो:-“सारीपुत्र ! क्षमा गर्नका लागी केही नै छैन ।”

जब सारीपुत्र जान लागे तथागत पनि उ प्रती गौरव प्रकट गर्नका लागी गन्धकुटीको बाहिर आउनुभयो र बरण्डामा उभिनु भयो ।
तब सारीपुत्रले भने:-“जब मलाई पहिलोपटक दर्शन भयो, म अत्यधिक आनन्दीत भए । यो समयको दर्शन पनि मेरो लागी अत्यन्त आनन्ददायक छ । किनकी म जान्दछु यहीँ नै अन्तिम दर्शन हो ।”

पिठलाई पछाडि नगरी, सारीपुत्र हात जोडि-जोडी त्यहाँबाट बिदा भए ।
तब भगवान बुद्धले उपस्थित भिक्षु मण्डलीलाई भन्नुभयो:-“आफ्नो ज्येष्ठ भ्राताका पछी पछी जाउ ।” त्यस पटक र पहिलोपटक भिक्षु संघ तथागतलाई छोडेर सारीपुत्रका पछी पछी गयो ।

आफ्नो गाउँमा पुगेर सारीपुत्रले ठिक त्यसै कोठामा जसमा जन्म ग्रहण गरेका थिए, परिनिर्वाण प्राप्त गरे । सारीपुत्रलाई दाह-संस्कार गरियो । उसको अस्थीलाई तथागत भएको ठाउँमा लगियो । सारीपुत्रको अस्थीलाई सामुन्ने देखेर तथागतले भन्नुभयो:-“उ सबैभन्दा अधिक बुद्धिमान थियोे, उसमा संग्रह-वृत्तिको लेश पनि थिएन, उ उत्साही र परिश्रमि थियोे । उसलाई पापसग घृणा थियोे । भिक्षु हो ! उसको “फुल” लाई हेर । क्षमाशिलतामा उ पृथ्वी समान थियोे । उसले क्रोध माथी बिजय प्राप्त गरेका थिए । उ कहिले कुनै इच्छाले वशीभुत भएन । उ इन्द्रिय-जयि थिए । उ करुणा तथा मैत्रीका मुर्ती थिए ।”
त्यसै समय महामौदगल्यायन पनि राजगृहको समीप एक एकान्त बिहारमा बस्नुहुन्थ्यो । तथागतका शत्रुद्वारा नियुक्त हत्याराले हत्या गर्यो ।

महामौदगल्यायनको दु:खद हत्याको समाचार तथागतसम्म पुग्यो । सारीपुत्र र महामौदगल्यायन वहाँको मुख्य दुई शिष्य थिए । सारीपुत्र धम्म सेनापती कहलाउथे । तथागत आफ्नो धम्म परम्परा निरन्तर ( चालू ) राख्नका लागी कदाचित उसमाथी निर्भर गर्नुहुन्थ्यो । ती दुबैको परिनिर्वाणले तथागतको मनमा संवेग उत्पन्न भयो । त्यसपछि वहाँलाई श्रावस्तीमा बिहार गर्नु रुचिकर लागेन र वहाँ श्रावस्तीबाट बिदा हुनुभयो ।
अनुबाद सुर्य घिसिङ

Share

Related posts