सांगे लेग्देन गुरुङ (भूपेन)
(1052 ई. – 1135 ई.) तिर हिमालय क्षेत्रको सबैभन्दा प्रसिद्ध योगि तथा कवि मध्ये एक हुनुहुन्थ्यो । मिला रेपा, मिला उहाको पूर्वजले पाएको उपाधि हो । उहाँको पुर्वज जोसे , एकदमै रिद्धिसिद्धि प्रात लामा हुनुहुन्थ्यो उहालाई लोकले दिएको सम्माननै उहाको वंशको प्रायःजसोलाई मिला भनिन्थ्यो ।
पिता मिला शेराप ग्याल्छेन अर्थात प्रज्ञाध्वज ) माता कर्मो ग्येन अर्थात श्वेत रत्नाको कोख बाट जन्मदिनु भएको थियोे मिला रेपा । उहाँको जिजु बाजेहरु ञिङमापा परम्पराको लामा हुनुहुन्थ्यो भने उहाको बाजे मिला दोर्जे सेङ्गे र उहाको पिता चाहिँ प्रख्यात ब्यापारी हुनुहुन्थ्यो । पिताको अथाह सम्पत्ति थियो । उहाँ मिला रेपाको बालखाको नामा , थो,गावा थियोे जसको अर्थ हुन्छ सुन्दा खुसि हुनु । पिता ब्यापार व्यावसयको सिलसिलामा बाहिर जानु हुदा घरमा छोरा भएको खबरले खुसि भई नामनै यस्तो राखिएको थियो । उहाको एक जना वैनी पनि हुनुहुन्थ्यो। मिला रेपा गुरु ७ बर्षको हुदा उहाको पिताको अनायास निधन भयो । पिताको जकिरिया सके पछि आफ्नै नभएर नजिकैको काका र फूपूको रोहवरमा सम्पुर्ण सर- सम्पत्ति काका र फुपूको मातहत रहने पछि मिला, ठूलो भए पछि दिने सर्तमा सबै सम्पत्ति फूपू र काकाको जिम्मा हुने गरि सोही अनुरुप कागज सर्त भई सबै सम्पत्ति काका र फुपुको हातमा गयो । अनि बर्खामा काकाको र हिउँदमा फुपुकोमा काम गर्दिनु पर्थ्यो । काका र फूपूले वैनी सोझी आमा र उहालाई सानोमा कुकुरलाई झै खाना र गोरुलाई झै काम लगाउथ्यो। सदै हेप्ने कुटने मात्रै गर्नु हुदा रूएर.रगतकै आशु.झर्दा पनि कसैले केहि गर्नु सक्नु हुन्थेन काकाको छोराहरु धेरै अनि मूर्ख र बलियो भएको कारण कसैले केही गर्न बोल्न सक्दैन थियोे ।

पछि मिला रेपा ठूलो भए पछि उहाँको माताले धेरै दुख गरेर अलि कति कमाएको पैसाले केही सगुन किनेर गाउँको भद्रजनहरुलाई बोलाएर पहिलाको सर्त अनुसार हाम्रो सम्पत्ति फिर्ता पाउ भन्दा ,काका र फुपुले तिमेरको सम्पति रे ? यत्रो मान्छे बोलाएर के गरेको भन्दै तिमेरको सम्पत्ति भुत्ता जति पनि छैन भन्दै घोर अपमान गर्नु भयो । समाजको सामु तथानाम गालि गलौज अतिनै घटिया बोली व्यवहारले उहाको आमाको इज्जत माटोमै मिलाएर भुसिया कुुकुरलाई झै गर्नु भयो । उहाको आमालाई गहिरो आघात पुगि सारै रुनु भयो साथै उहाँ र वैनी पनि ।
उहाँको माताले धेरै दु:ख गरेर उहालाई एक गुरु शीत केही सिक्न पठाउनु भयो । तर घरमा काका र फुपुको हेपाईले पराकाष्ठा नाघेपछि आमाले फेरि घरमा बोलाएर कालो जादु विद्या सिक्न त्यस्तै गुरुकोमा पठाउनु भयो । जसमा पोख्त भई उहाले गाउमा असिना पानी आँधीवेहरीले उत्पात मच्चाएर काका फुपूको धनजन र पछि गाउघरको धेरै नोक्सानी पार्नु भयो धेरै पशु तथा मान्छेहरु समेत मर्न पुग्यो ।
पछि क्रमशःत्यो हत्याले उहामा धेरै पश्चताप जाग्नु थाल्यो आफुले गरेको कुकर्म प्रति । धेरै जनाको मृत्युको कारण , आफू हुदाको पिडाले उहाँ रात भरि सुत्त सक्नु भएन हुन्थेन ।
त्यसपछि जादुगर गुरुकै सल्लाहमा एक जना ञीङमा लामा गुरुकोमा बौद्ध शिक्षा लिन पठाउनु भयो । त्यहाँ पनि केही दिन पछि गुरुकै सल्लाह अनुसार , प्रसिद्ध गुरु मारपाको शरणमा जाने सल्लाह दिनु । मारपा गुरु नारोपाको योग्य चेला हुनुहुन्थ्यो ।
उहा गुरु मारपाको शरणमा आए पछि मिला रेपालाई गुरु मारपाले पहिलो पटक देख्दानै गालि गर्ने ,हेपने आदि गर्न थाल्नु भयो । उहाले सार्वजनिक ठाउँमा दुनियाँका सामु यो कालो जादुगर ज्यानमारा जस्तो अप्रिय वचन लगाउने सबैको सामु कुटपिट गर्ने जस्तो कुराले मिला रेपा दिनरात रुदै बस्नु पर्यो कयौंपटक । उहालाई कसैले खाना दिएर खादै गर्दा , यो पापी ज्यानमारालाई भोजन दिनु त पाप भन्दै खादै गरेको खाना फालिदिने । आफ्नो लागि महिनौ दान माग्न लगाउने फेरि त्यहीँ बिषयलई लिएर घोर अपमानजनक बोली र व्यवहार गर्ने ।सबैको सामु लाजमर्दो बनाउने । अन्य चेलालाई धर्म देशना दिदा उहालाई चाहिँ यो अलछिना भन्दै बाहिर लखेट्ने जस्तो कार्यले हैरान भए पनि उहाले गुरु प्रतिको बिश्वास आस्थामा अलिकति पनि कमि हुन दिएन ।
उहामा गुरु प्रति प्रगाढ आस्था र विश्वास थियो । अनेकौं हन्डर गालि अपमानले पनि गुरु प्रति झन झन श्रद्धाले गर्दा धेरै पछि कुरा सम्म गर्नु भयो गुरुले उहाँ सित ।
बल्ल केही काम दिनु भयो कडा आदेशमा शारीरिक शुद्धीकरणको लागि एकदमै कडा श्रम गर्न लगाउनु भयो जसबाट मिलारेपाको शरीरमा घाउ र चोटमा किरा पर्दा समेत र धेरै कष्ट दुःखदायी श्रममा लगाई रहनु भयो नौँ ताले गुम्बा त एक्लै उहाँ एक्लैले धेरै पटक बनाउदै, भत्काउदै गर्नु भएको थियो जसले उहाको(काय) सरीरको चित्त कुकर्म हरु परिशुद्ध भयो । तर गालि अपमान उस्तै थियो ।
भुसिया कुकुरलाई झै व्यवहार र दुश्मनलाई झै गाली गर्दा पनि उहाको गुरु प्रतिको श्रद्धाले धेरै लामो समय पश्चात् बल्ल ,गुरुले उहालाई केही पवित्र भजन मन्त्र हरु दिनु भयो त्यसको अर्थ नदिए पनि गुरु प्रतिको प्रगाढ विश्वास श्रदाले दिउँसो शरिरिक कडा काम गर्दै बिहान बेलुका वर्षौं बर्षसम्म करोडौं अरबौँ मन्त्र जप्नु भयो जसले उहाको (वाक) ,बचनको कुकर्म परिशुद्ध भयो।
अनि बल्ल गुरुले उहालाई वास्तविक बुद्ध धर्म शिक्षाको ध्यान साधना सिकाउनु भयो गुरुको वास्तविक करुणा देखेर भित्रि आशय उहालाई सपना झै लाग्थ्यो । पहिलाको सबै गुरुको हर्कतहरु एक सपना भ्रम झै। उहालाई अवगत भयो कि यी पैहिलाको हर्कत त सबै गुरुले मेरै कुकर्म नष्ट गर्नु पो रहेछ । गुरु प्रतिको श्रद्धाले अन्तरहृदयानै उहाले काय वाक चित्तनै गुरुमा समर्पित गर्नु भयो । गुरु उपदेश अनुसारको ध्यान गर्न थाल्नु भयो ।
उहाले सिरमा ठूलो दियो बत्ती बालेर त्यो बत्ती ननिभे सम्म ध्यान गर्दै पुनः दियो बाल्दै , उहीँ शिरमा राख्दै अनवरत तरिकाले ९” महिना सम्म कडा ध्यान गर्नु भयो । पुन: गुरुले बोलाएर उहालाई अब चाहिँ अति गोप्य शिक्षाहरु दिनु हुँदै भन्नू भयो। तिमीलाई मैले गरेको दुर्व्यवहारहरु सबै तिम्रै पाप सोधनको लागि गरेको थिए। भन्दै वास्तविक गुरुको बोधिसत्व रुप देखाउनु भई अझ धेरै शिक्षाहरु दिनु भयो। उहाँले त्यो शिक्षा र गुरुको वास्तविक रुप र माया करुणामा प्रशंन्न भई शिक्षाको अध्ययन पछि एकान्त जंगलमा गएर वर्षौ सम्म व्यवहारमा अभ्यास साधना गर्नु भयो। बोधिस्व अभ्यासको क्रममा उहालाई अरुले कुटने पहिलाको ठाउमा जादा अपमान गर्ने जस्तो व्यवहारले विचलित नभई जस्तोसुकै अवस्थामा पनि गुरु प्रतिको आस्थाले ध्यान अभ्यास छाडनु भएन ।
उहाँले नेपालकै पहाडी हिमाली क्षेत्रमा कडा तपस्या गर्नु भयो जुन ठाउँ आज पनि उहाको अनुयायीहरुमा लोकप्रिय रहेको छ । जंगलको एकान्तमा सिस्नु र पानी मात्रै खाएर वर्षौको तपस्या गर्नु भयो ।शरीरमा हड्डी मात्रैमा प्राण जोगाउनु एक थोपा पानी मात्रै खाएर पनि ध्यान अभ्यास छाडनु भएन । जसबाट उहाको (चित्त) मनको कुकर्महरु शुद्ध भै एकै जुनिमा निर्वाण बुद्धत्व प्रात गर्नु भई लोकलाई एउटा रन्त झै उदाहरण उपाय दिनु भई उहाको भौतिक शरीर निभाउनु भए पनि उहाको ज्ञानज्योति सदैव जीवन्त वनाई संसार बाट बिदा हुनु भयो ।
निष्कपटरुपले धर्म अभ्यास गर्नुनै।
बुद्धत्व लाभको एक अनिवार्य सर्त हो ।

