बौद्ध धर्ममा लोचावा भनेको के हो ?

हिमाली तथा तिव्वती बौद्ध धर्मावलम्वीहरुमा लोचावा शव्दको विशेष महत्व रहेको छ । लोचावालाई यी भेगमा निकै सम्मानपूर्वक लिइन्छ ।

लोचावा तिब्बती अनुवादकहको शीर्षकमा प्रयोग गर्ने शव्द हो । यो शव्दको अर्थ हुन्छ अनुवादक । भारतीय विद्वान तथा पण्डितहरुसँग मिलेर बौद्ध ग्रन्थलाई संस्कृत र पाली भाषाबाट चिनिया, तिब्बती र अन्य एसियाली भाषाहरुमा अनुवाद गर्ने काममा लोचावाहरुको विशेष योगदान रहेको छ ।

संस्कृत र पाली भाषामा रहेका बौद्ध ग्रन्थहरुलाई तिब्बतीमा भाषामा अनुवाद गर्ने प्रमुख र प्रख्यात लोचावाहरुमध्ये पगोर वैरोचन, ज्ञानसुत्र, युड्रञिङपो, रिन्छेन जाङ्पो, मारपा हुन् ।

तिब्बतीमा लोचावा भन्ने शब्द “द्विभाषी“ र “लोकचक्षु अर्थ लाग्ने संस्कृतको लोच्छाव शब्दबाट अपभ्रंश भएर बनेको मानिन्छ । यो शब्द तिब्बती बौद्ध पदहरूलाई अनुवाद गर्ने आधुनिक समयका अनुवादकहरूको शीर्षकमा पनि प्रयोग गरिएको छ ।

Share

Related posts