देबदत्त बुद्धलाई सधैं नै तल देखाउने चेष्टामा लागी रहन्थे । तर उनलाई सधैं निराशा मात्रै हात लाग्थ्यो । एकपटक जब तथागत बुद्ध कपिलवस्तु पुग्नुभयो तब अनेकौं कुलीन शाक्यवंशी राजकुमार वहाँको अनुयायी बने । देवदत्त पनि तिनीहरु मध्येका एक थिए ।
केही समयपछि देवदत्तले ऋद्धिबल प्राप्त गरे र एकपटक त्यसको प्रदर्शन मगधका भाबी सम्राट अजातशत्रुका समक्ष गरे । त्यहाँ उनी एक शिशुको रूपमा प्रकट भए जसले सर्पको मेखला बाँधेका थिए । त्यो समयबाट अजातशत्रुले उनलाई परम आदरभावले हेर्न थाले ।
केही दिनपछि देवदत्त मगधबाट फर्किएर संघमा आए तब उनले आफुलाई बुद्धभन्दा श्रेष्ठ घोषित गरे र संघको नेतृत्व लिन खोजे । भिक्षुहरुलाई बुद्धदेखी बिमुख गर्नका लागी उनले भने ‘बुद्ध बूढो भइसके र बुद्धिको ह्रास भइसक्यो, किन्तु भिक्षुहरुले जब उनको कुनै पनि कुरा सुनेनन् तब उनले बुद्ध र संघ दुवै प्रति द्वेष राख्न थाले ।
खिन्न भएर देवदत्त फेरि मगध पुगे र अजातशत्रुलाई महाराज बिम्बिसारको बध गर्नका लागी प्रेरित गरे । कारण बिम्बिसार बुद्ध र संघलाई प्रचुर मात्रामा प्रश्रय प्रदान गर्दथे । प्रारम्भिक दौरानमा बिम्बिसारलाइ मार्ने उनको योजना सफल भएन । अतः उनले धनुर्धरलाई बुद्धको हत्या गर्न पठाए । तर बुद्धको ब्यक्तित्वबाट प्रभावित भएर सबै वहाँको नै अनुयायी बने ।
क्रोधमा आएर देवदत्तले बुद्धमाथी ग्रीधकुट पर्बतको चुचुरोबाट एउटा ठुलो ढुंगा पल्टाइ दिए । तर त्यो ढुंगालाई पहाडबाट उत्पन्न भएको दुई पत्थरले बाटोमा नै रोकि दियो ।
बुद्धको हत्या गर्ने आफ्नो हरेक योजना असफल भएपछि अब देवदत्तको क्रोधको सीमा रहेन । उनले एकदिन मगध राजाको अस्त्रबलमा पसेर एक विशाल हात्ती नालागिरीलाई ताडी पिलाएर बुद्ध आगमन गर्ने मार्गमा छाडिदिए । नालगिरिको आगमनले मार्गमा खलबली मच्चियो र मनुष्यहरु जताततै भाग्न थाले । उक्त समयमा बुद्ध त्यहीँ मार्गबाट जाँदै हुनुहुन्थ्यो । ठीक त्यसै समयमा एक हडबडाएकी स्त्रीले आफ्नो बच्चालाई हात्तीको सामुन्ने छोडेर भागिन् । जसै नालगिरीले बच्चालाई कुल्चिनका लागी आफ्नो खुट्टा उठायो बुद्ध उसको ठीक सामुन्ने गएर उभिनु भयो । उहाँले हात्तीको शिरलाई थपथपाउनु भयो । बुद्धको स्पर्शले नालागिरी वहाँको सामुन्ने घुडा टेकेर बस्यो ।
नालागिरी हात्तीको यस्तो घटनाले देवदत्त मगधमा धेरै अप्रिय बने र तत्कालै मगध छोडेर भागे ।

