बौद्ध धर्मका प्रस्थापक महामानब माहात्मा बुद्ध साक्यमुनि ( गौतम बुद्ध ) हुनुहुन्छ । उहाँ ५६३ ईसा पुर्बबाट ४८३ इसा पुर्बसम्म रहनु भयो । इसाइ र इस्लाम धर्मभन्दा पहिला बौद्ध धर्मको उत्पत्ती भएको थियो । यश धर्मका अनुयायीहरु धेरै जसो चीन, जापान, कोरिया, थाइल्यान्ड, कंम्बोडिया, भियतनाम, श्रीलंका, नेपाल, भुटान र भारत जस्ता कयौं देशहरु छन ।
(१) बौद्ध धर्मका संस्थापक गौतम बुद्ध हुनुहुन्छ, उहाँलाई एसियाको ज्योति पनि भनिन्छ ।
(२) गौतम बुद्धको जन्म ५६३ इसा पुर्बको बीच साक्य गण राज्यको तत्कालीन राजधानी कपिलवस्तुको नजिक लुम्बिनी नेपालमा भएको हो ।
(३) उहाँको पिता सुद्धोधन कपिलवस्तुको राजा हुनुहुन्थ्यो ।
(४) सिद्धार्थको जन्म भएको ७ दिन पश्चात् उहाँको आमा मायादेबीको मृत्यु भएको थियो ।
(५) सिद्धार्थको कान्छि आमाले उहाँको लालन – पालन गर्नुभयो ।
(६) उहाँको बाल्यकालको नाम सिद्धार्थ थियो ।
(७) सिद्धार्थले १६ बर्षको उमेरमा दंडपाणी साक्यका पुत्री यसोधरासगं बिबाह गर्नुभएको थियो ।
(८) उहाँहरुको एक पुत्र थियो जसको नाम राहुल थियो ।
(९) सिद्धार्थ जब कपिलवस्तु नगर घुम्नको लागि निस्किनु भयो उहाँले ४ दृश्य देख्नु भयो –
१. बृद्ध ब्याक्ती ।
२. एक रोगी ब्याक्ती ।
३. लास ।
४. एक सन्यासी ।
(१०) सांसारिक समस्याहरुबाट दु:खि भएर सिद्धार्थले २९ बर्षको उमेरमा दरबार त्याग्नु भयो । जसलाई बौद्ध धर्ममा महाभिनिस्कमण भनिन्छ ।
(११) गृह त्याग पछी उहाँले बैसालिका आलारकलामबाट सांख्य दर्शनका शिक्षा ग्रहण गर्नुभयो ।
(१२) आलारकलाम उहाँको पहिलो गुरु हो ।
(१३) आलारकलाम पछी उहाँले राजगिरका रुद्रकरामपुत्तबाट शिक्षा ग्रहण गर्नुभयो ।
(१४) उरुवेलामा सिद्धार्थलाई कौण्डन्य, वप्पा, भादिया, महानामा र अस्सागी नामक ५ साधकहरु मिले ।
(१५) ६ बर्षको कठिन तपस्या पश्चात् ३५ बर्षको उमेरमा, उहाँलाई बैशाख पुर्णिामाको रात निरंजाना नदि किनार, पिपलको रुखमुनी बुद्धत्व प्राप्त भयो ।
(१६) बुद्धतत्व प्राप्त पछी सिद्धार्थलाई बुद्धको नामले चिनिन थालियो । जुन ठाँउमा उहाँले ज्ञान प्राप्त गर्नुभयो त्यस स्थानलाई बोधगया भनेर चिनिन थालियो ।
(१७) बुद्धले आफ्नो पहिलो उपदेश सारनाथमा दिनु भएको थियो जसलाई बुद्ध धर्म ग्रन्थमा धर्मचक्र प्रर्बतन भनिन्छ ।
(१८) बुद्धले आफ्नो उपदेश कोसल, कौसम्बी र बैसाली राज्यमा पाली भाषामा दिनुभयो ।
(१९) बुद्धले आफ्नो सर्बाधिक उपदेश कौसल देशको राजधानी श्रावस्तिमा दिनुभयो ।
(२०) उहाँको प्रमुख अनुयायी शासकहरु:-
१. बिम्बिसार
२. प्रसेनजित
३. उदयन ।
(२१) बुद्धको महापरिनिर्बाण ८० बर्षको उमेरमा कुसि नगरमा चुन्दद्वारा अर्पित भोजन पश्चात् भएको थियो । बौद्ध धर्ममा मृत्युलाई महापरिनिर्बाण भनिन्छ ।
(२२) मल्लहरुले धेरै ठुलो सम्मान पुर्बक बुद्धको अंत्येस्टी संस्कार गरे ।
(२३) एक अनुसृती अनुसार महापरिनिर्बाण पश्चात् बुद्धको शरीरका अवशेषलाई ८ भागमा बाडेर त्यसमा आठ स्तुपाको निर्माण गरियो ।
(२४) बुद्धको जन्म र मृत्युका तिथि चिनको परम्परा कैटोन अभिलेखको आधारमा निस्चित गरियो ।
(२५) बौद्ध धर्मको बारेमा बृहत ज्ञान पाली त्रिपिटकबाट प्राप्त हुन्छ ।
(२६) बुद्ध धर्म अनिस्वरबादी हो र यशमा आत्माको परि कल्पना पनि छैन ।
(२७) बौद्ध धर्ममा पुनर्जन्मको मान्यता छ ।
(२८) तृष्णाको क्षीण भएर जाने अवस्थालाई बुद्धले निर्बाण भन्नुभएको छ ।
(२९) बुद्धका अनुयायीहरु २ भागमा बिभाजित थिए-
१. भिक्षु :- बौद्ध धर्मको प्रचारको लागि जो प्रब्रजित हुन्छन् उनीहरुलाई भिक्षु भनिन्छ ।
२. उपासक :- गृहस्थ जीवन बिताउदै बौद्ध धर्मलाई अंगाल्नेहरुलाई उपासक भनिन्छ जसको न्युनतम आयु १५ बर्ष हुन्छ ।
(३०) बौद्ध संघमा प्रबिस्ट हुनुलाई उपसंम्पदा भनिन्छ ।
(३१) बौद्ध धर्मका त्रिरत्न :-
१. बुद्ध
२. धम्म
३. संघ ।
(३२) चौथो बौद्ध संगिती पछी बुद्ध धर्म दुई भागमा बिभाजन भयो :-
१. थेरवाद
२. महायान ।
(३३) धार्मिक जुलुस सबैभन्दा पहिले बुद्ध धर्ममा नै निक्लेको थियो ।
(३४) बुद्ध धर्मलम्वीको सबैभन्दा ठुलो पर्व – उत्सब बैशाख पुर्णिामा हो, जसलाई बुद्ध पुर्णिामा भनिन्छ ।
(३५) बुद्धले सांसारिक दु:खको सम्बन्धमा चार आर्यसत्यको उपदेश दिनुभएको छ :-
१. दु:ख
२. दु:ख समुदाय
३. दु:ख निरोध
४. दु:ख निरोध गामिनी प्रतिपदा ।
(३६) सांसारिक दु:खबाट मुक्तीको लागि बुद्धले आर्य आस्टांगिक मार्ग बताउनु भएको छ :-
१. सम्यक दृष्टि
२. सम्यक सङकल्प
३. सम्यक वाणी
४. सम्यक कर्म
५. सम्यक आजिव
६. सम्यक ब्यायाम
७. सम्यक स्मृति
८. सम्यक समाधी ।
(३७) बुद्धको अनुसार आर्य आस्टागिक मार्गलाई पालन गरेपछि मनुष्यको भव तृष्णा नस्ट हुन्छ र उसलाई निर्वाण प्राप्त हुन्छ ।
(३८) बुद्धले निर्वाण प्राप्तिको लागि १० कुराहरूमा जोड दिनुभएको छ :-
१. अहिंसा
२. सत्य
३. चोरी नगर्नु
४. कुनै पनि प्रकारको सम्पत्ती नराख्नु
५. नसा जन्या पदार्थको सेवन नगर्नु
६. असमयमा भोजन नगर्नु
७. सुखद ओछयानमा नसुत्नु
८. धन सञ्चय नगर्नु
९. स्त्रीबाट टाढा बस्नु
१०. नृत्य, गित बाट टाढा बस्नु ।
(३९) बुद्धले मध्यम मार्गको उपदेश दिनुभयो ।
(४०) अनिश्ररबादको सम्बन्धमा बुद्धधर्म र जैन धर्ममा समानता छ ।
(४१) जातक कथा प्रदर्सित गर्दछ कि बोधिसत्वको अवतार मनुष्यको रूपमा पनि हुनसक्छ र पशुको रूपमा पनि हुनसक्छ ।
(४२) बोधिसत्वको रूपमा पुर्बजन्मको लामो सृखला अन्तर्गत बुद्धले साक्य मुनिको रूपमा आफ्नो अन्तिम जन्म लिनु भएको थियो ।
(४३) सर्बाधिक बुद्धको मुर्ती गंधार सैलिमा निर्माण गरिएको छ । तर बुद्धको पहिलो मुर्ती मथुरा कला अन्तर्गत बनिएको थियो
पुलामी रेनु थापा