विश्व शान्तिको कामना गर्दै नाला गुम्बामा सुरु भयो काग्यु मोन्लम

हिमाली महायानी बौद्धमार्गीमध्ये काग्यू सम्प्रदायका अनुयायी बीच विशेष महत्व रहेको काग्यु मोन्लम सुरु भएको छ । हरेक वर्ष भारतको बोधगयामा हुँदै आएको मोन्लम यसपटक कोरोना संक्रमणमा कारण त्यहाँ आयोजना नगरिए पछि नेपाल, भारत, चीन, भुटान लगायतका काग्यु सम्प्रदायको गुम्बाहरुमै आयोजना भइरहेको छ । यसैक्रममा काभ्रेको नालास्थित धाक्पो सेड्रुप लिङ गुम्बामा पनि बुधवारदेखि काग्यु मोन्लम सुरु भएको छ ।

मोन्लममा विश्व शान्तिको कामना गर्दै करिब १ सय ३० जना लामा गुरुहरुले मन्त्रोच्चारण सहित पूजा पाठ गरिरहेका छन् । मोन्लम ७ दिनसम्म जारी रहने गुम्बाका खेन्पो मुखिया लामाले जानकारी दिए । काग्यु सम्प्रदायका बौद्धमार्गीका लागी विशेष चाडको रुपमा रहेको कान्यू मोन्लम यसपटक विश्वभरका काग्यु अनुयायी एकै ठाउँ जम्मा भएर गर्न नपाउँदा धेरै कुरा मिस गरिरहेको खेन्पो लामाले बताए ।

संगठितरुपमा १८ वर्ष अघि नेपालको लुम्बिनीबाट सुरु गरिएको काग्यु मोन्लमको यो वर्ष भइरहेको मोन्लम १८ औँ श्रृंखला हो । कोरोनाका कारण भारतको बोधगया गएर मोन्लम गर्न नसकिएपछि अहिले नेपालका अन्य काग्यू धर्म सेन्टरहरुमा पनि नाला गुम्बामा जसरी नै मोन्लम आयोजना भइरहेको छ ।

Share

Related posts