बुद्धको स्तूपहरुको निर्माण बुद्धको महापरिनिर्वाण भए पछि गरिएको थियो । बुद्धको पवित्र धातु (अस्थि) हरु बाट सर्व प्रथम आठ स्तुपहरु को निर्माण भएको थियो ।
१. आजत शत्रु ( राजगृह)
२. शाक्य ( कपिलवस्तु)
३. वूली ( अल्पकल्प)
४. कोलिय ( रामग्राम)
५. मल्ल ( पावा)
६. मल्ल ( कुशीनगर)
७. ब्राह्मण ( वैश्दीप)
८. लिच्छवि ( वैशाली)
यी ८ स्तुपहरु मध्ये सात स्तुपहरुलाई खन्न लगाएर सम्राट अशोकले चौरासी हजार स्तुपहरुको निर्माण गराएका थिए । ती जुन तीन प्रकारका थिए ।
क. शारीरिक स्तूप (त्यो स्तूप जुन् भगवान बुद्धको अस्थिहरुबाट बने )
ख. परभौगिक स्तूप (जुन भगवन बुद्ध को जीवन मा आउने वाला आठ प्रत्ययहरु बाट तीन चीवर, भिक्षापत्र, सुई, कायबन्धन् वा पानी छान्ने वाला वस्तु बाट बने)
ग. उद्देशिका स्तूप (कुनै विशेष उद्देश्य लाई लिएर बनाइएको स्तूप)
अनुवाद बिष्णु धनञ्जय
Share