निर्वाणसम्म पुग्ने एउटै सही बाटो

अनुवाद निर्मल एमजिके

 मनुष्यहरूको मन दिन प्रतिदिन जलेर धमिलो र मैला भइरहेको छ। लोभ भनेको धमिलो र मैला हो। क्रोध भनेको पनि धमिलो र मैला हो। मोह पनि धमिलो र मैला हो। अभिमान पनि धमिलो र मैला हो। र ईर्ष्या र मत्सर्य भन्ने धमिलो र मैलाको कारणले चित्त सङ्लो नभएको हो। चित्त सङ्लो नभएको कारणले सत्व प्राणीहरू दुःखबाट पार हुन सक्दैनन्। किलेशको मैलाले हरदम जलाई रहेको हुन्छ।

त्यो चित्तलाई सङ्लो बनाउनको लागि, नराम्रा सोचाइ मनहरू हटेर जानको लागि एउटै भएको विपस्यना कर्मस्थानलाई आचरण गर्नु पर्छ भनिएको हो।

 मन सङ्लो भएर आयो भने पछि स्थावर सुखहुने निर्बाण,बृद्ध हुने दुःख, रोगी हुने दुःख,मर्नु पर्ने दुःख नभएको निर्बाण पुग्नको लागि कुन बाटो जानु पर्छ भन्दा यहि विपस्यनाको बाटो हिड्नाले नै(ञायस्स अधिगमाय) निर्बाणको बाटोलाई देखिन्छ। बसेर प्राथर्ना गर्दैमा सुख त अवश्था मिल्छ, तर निर्बाणको बाटोमा पुग्न सकिन्न।

पल्लो किनार तर्ने इच्छा भएका एक ब्यक्तिले ओल्लो किनारमा बसेर “ए! पल्लो किनार मसंग आउ न” भन्दैमा तपाईलाई पल्लो किनार तर्ने इच्छा छ भने, त्यो पल्लो किनार तपाइँ भएतिर आउन सक्ला ? यो चाहिँ भगवान बुद्धले दिनु भएको उपदेश हो। पल्लो किनार पुग्नु छ भने उपाय खोज्नु पर्छ। उपाय खोज्नु पर्दा चढेर जाने पानी जहाज, डुङ्गाहरू केही छैन भने पानीमा पौडेर भएपनि एक एक प्रकारले नगइ कन पल्लो किनार पुग्न सकिएला? पुग्न सकिदैन।

 त्यसैले (निब्बानस्स सच्चिकिरियाय)निर्बाण भनेको देख्ने इच्छा भए यो काम गर्नु पर्छ ।यो धर्मलाई कोसिस गरेर आचरण गर्नु पर्छ भनेर भन्न चाहान्छु। यो बाटो हिँड्ने भने अन्तिममा निर्बाणसम्म पुगिन्छ। भगवान बुद्धले (एको यन अयं भिक्खवे मग्गो)भन्दै(पुब्बभागमग्गो)भनिएको विपस्यना आचरणलाई (एकोयन)निर्बाण जाने बाटो एउटै हो भनि भन्नु भएको छ। र त्यहि विपस्यनाको बाटो हिड्नु भनि भन्नु भएको छ।

चाहे उमेर धेरै भएका व्यक्तिहरू हुन, चाहे उमेर कलिलैका हुन मन, चित्त जलि रहेको, मन धमिलो मैला भएको कसैलाई मन पर्दैन। ति मन नपर्ने जलाउने चिजहरूबाट सुभिमुक्त हुनको लागि विपस्सना आचरण भनेको कुनै जनजाति भेदभाव नगरिकन, स्त्री, पुरूष नरोजिकन, बृद्धहरू, भर्खरैका उमेर भएकाहरू सबैले आचरण गर्न योग्य छ भनिएको हो।

 आचरण गर्ने हो भने आचरण गरे अनुसार फल भोग्न पाइन्छ । आचरण गरिएन भने एक न एक प्रकारको दुःखहरू संग सामना गर्दै जलाइ राख्ने शोक चिन्ताहरूबाट कहिल्यै छुट्कारा पाउन सकिने छैन।

उपकारी-
सयकडो फयाजी अग्ग महा पण्डिता भद्दन्त Dr नन्दमाला भिवंस (Ph.D)

विपस्यना भावना चालिस प्रकारका धर्म देशनाबाट निकालेर पूजा गरिएको हो।

 

अनुवाद निर्मल Mgk
सु सहभाजन – बिष्णु धनञ्जय

Share

Related posts