परासी — पश्चिम नवलपरासीस्थित गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक तलाउ र पोखरी अतिक्रमणमा परेका छन् । तलाउ वरपर मानवीय अतिक्रमणका कारण क्षेत्रफल घट्नुका साथै पानी सुक्ने अवस्थामा पुगेको छ । सुनवल नगरपालिका ७, तर्गौलीस्थित देवदहताल (बुद्ध ताल) का डिलमा घर तथा अन्य भौतिक संरचना बनिरहेका छन् । बाह्रै महिना पानी नसुक्ने र कमलको फूलले मनमोहक हुने तालमा पछिल्लो समय पानीको सतह घट्दो छ । स्थानीयले तालमा गौतम बुद्धकी आमाले स्नान गरेको किंवदन्ती रहेको बताए । मायादेवीको बिहेपछि बुद्ध मामाघर पण्डितपुर आउँदा सपरिवार स्नान र जलक्रीडा गर्ने तलाउ यही रहेकाले पुरातात्त्विक दृष्टिकोणले यो महत्त्वपूर्ण मानिन्छ । पोखरीको बीचमा…
Read MoreCategory: समाचार
बर्मेली नेपालीले बनाए विहारमा गजुर
तिलोत्तमा नगरपालिकाको शंकरपुरमा रहेको शंकरनगर वनविहार तथा अनुशन्धान केन्द्र, बनवाटिकामा बर्मेली नेपालीले गजुर बनाएका छन् । म्यानमारका एक दर्जनभन्दा बढि भिक्षु सहित आएका १०० भन्दा बढि उनीहरुले विहारमा उपहारस्वरुप गजुर चढाएका हुन् । गजुर प्रदान गरेसँगै म्यानमारबाट आएका उपासक उपासिका १० दिने विपश्यना शिविरमा समेत बसेका छन् ।
Read Moreल्होसार विशेष कार्यक्रम गर्दै सेतो गुम्बा
२१४६ औँ ग्याल्पो ल्होसारको अवसर पारेर काठमाडौँको कर्मा डुप्छेन छोलिङ अर्थात सेतो गुम्बामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ । आउँदो शुक्रबार हुने कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भइसकेको आचार्य कर्मा रिञ्जिङ शेर्पाले जानकारी दिए । शुक्रबा विहान १० देखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म जारी रहनेछ । सांस्कृतिक कार्यक्रममा गम्बु शेर्पा, प्रेम लोप्चन, ओङ्मु शेपा, आङ दामु शेर्पा लगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ । यस बाहेक हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका साथै विभिन्न संस्थाका सांस्कृतिक टोलीले पनि विविध प्रस्तुति दिनेछन् । कार्यक्रममा सेतो गुम्बाका संस्थापक श्रद्धेय गुरु आचार्य…
Read Moreथाइल्याण्डका धुतांगधारी शील पालन गर्नुभएका भिक्षुहरु नेपालमा
थाइल्याण्डका धुतांगधारी शील पालन गर्नुभएका भिक्षुहरु शान्ति पद यात्राको लागि नेपाल आइपुग्नु भएको छ । पहिलो पटक नेपाल आउनुभएका ६५ जना धुतांगधारी भिक्षुहरु शान्ति पदयात्रा मार्फत बुद्ध धर्म प्रचारप्रसार गर्न यहाँ आउनुभएको हो । खेमिन्द भिक्षुले यस भिक्षुहरुको समुह काठमाडौका बौद्ध, स्वयम्भू, ललितपुरको चार थुरहरु प्रिक्रमा गरी लुम्बिनीसम्मै पैदल यात्रा गर्ने जानकारी दिनुभयो । आज उहाँहरु स्वयम्भुमा सामुहिक बुद्धपूजामा सरिक भइ त्यहाँबाट पैदल यात्रा गरी सुमंगल विहारमा भोजन गर्नु भएको थियो । भोजन पछि महाबौद्ध मन्दिर र ललितपुरका चार थुरहरु परिक्रमा गरी किर्तिपुर स्थित श्रीकीर्ति विहारमा विश्राम लिनुभयो । उहाँले…
Read Moreभिक्षु प्रज्ञाश्रीबाट विपश्यना सम्बन्धी धर्मदेशना
म्यानमारबाट आउनुभएका कम्मठानाचार्य ध्यानगुरु प्रज्ञाश्री महास्थवीरले शनिबार यहाँ एक धर्मसभामा विपश्यना साधनाको महत्वबारे प्रवचन दिनुभयो । उहाँले जीवनमा खुशी तथा शान्तिका लागि मानिसले विपश्यना ध्यानको अभ्यास गर्नु उत्तम हुने भन्दै सबैलाई सरल र सुखी जीवन बिताउन तथा लोभ लालचमा लागेर जीवनको महत्वपूर्ण क्षण खेर नफाल्न पनि आग्रह गर्नुभयो । कार्यक्रमको आयोजना धर्मोदय सभा, युवक बौद्ध मण्डल नेपाल तथा धर्मकीर्ति महाविहारले संयुक्त रुपमा गरेको थियो ।
Read Moreसम्पदा जोगाउँ भन्दै बौद्ध स्तुप परिसरमा बिरोधसभा
युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित बौद्ध महास्तुपमा गैरधार्मिक गतिविधि तथा अतिक्रमणकारी कामहरु भइरहेको भनी विभिन्न २२ बौद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् । विशेष गरी त्यहाँ गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपति वज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आइरहेको भनी बिहिबार “बौद्ध स्तूप जोगाऔं नक्कली गुरु रिम्पोछे भूपतिवज्र हटाऔं स्रघर्ष समिति”मा आवद्ध संघसंस्थाहरुले विरोध जुलुस तथा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उनीहरुले एक पर्चा मार्फत २०७३ साल असार ७ गते गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपतिवज्र लामाले सबैको साझा धरोहर एवं…
Read Moreप्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु
राजधानीको बौद्धस्थित प्राचीन अनुवाद एकमात्र गुरुसंघ नेपालको सभाहलमा पुस २२ गतेबाट प्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु भएको छ । आगामी पुस २८ गतेसम्म चल्ने शिविरमा बुद्ध धर्मसँग सम्बन्धित अनुयायीहरु, अन्य धार्मिक आस्थाका स्वदेशी तथा विदेशी व्यक्तित्वहरुको सहभागिता रहेको छ । डा. टशी छिरिङ (होमबहादुर) ले आफ्नो निजी खर्चमा शिविर सञ्चालन गर्नुभएको हो । शिविरमा उपस्थित भएर धर्मको अनुशरण गर्ने, धार्मिक उपासक, उपासिकाहरुलाई सत्य मार्गमा लाग्ने, त्यसलाई व्यवहारमा उतार्ने र पञ्चशील ग्रहण गरेपछि सर्वलाभ हुने विश्वास गरिएको छ । निजी खर्चमै शिविर सञ्चालन गर्नुभएका डा. छिरिङले धर्म गुरुको कर्तव्य…
Read Moreनेपाल बुद्धिष्ट न्यूजको औपचारिक शुभारम्भ
बौद्ध धर्म, दर्शन र गतिविधिलाई आम पाठकमाझ समाचारको रुपमा प्रस्तुत गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको नेपाल बुद्धिष्ट न्यूज डटकमको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार काठमाडौँको बौद्धमा एक कार्यक्रम गरी नेपाल बुद्धिष्ट न्यूज सञ्चालनमा आएको हो । कार्यक्रममा नेपाल बुद्धिष्ट न्यूजको वेवसाइटलाई प्रमुख अतिथि छोग्याल रिम्पोछे र विशेष अतिथि तपस्सी धम्मले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नेपाल बुद्धिष्ट न्यूज सञ्चालनको औचित्य प्रष्ट पार्दै कार्यकारी सम्पादक सुरज खड्काले रिम्पोछे, लामा, भिक्षु तथा बौद्ध दर्शन वा जीवनशैलीसँग आवद्ध सबैलाई बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विषयलाई समाचारको रुपमा प्रस्तुत गर्न अनुरोध गरे ।…
Read Moreबुद्धकालीन विश्वकोष पुनः प्रकाशनको तयारीमा
बुद्धकालीन समयको समग्र परिस्थिति चित्रण गरिएको बुद्धकालीन ग्रन्थमाला ‘विश्वकोष’ फेरि प्रकाशन हुने भएको छ । आचार्य भिक्षु अमृतानन्द महास्थविरले लेख्नुभएको सो ग्रन्थमाला ललितपुरको गाबहालस्थित वीरपूर्ण पुस्तक संग्रहालयले पुनःप्रकाशन गर्न लागेको हो । आचार्य भिक्षु अमृतानन्दले करिब १७ वर्ष लगाएर सो ग्रन्थ लेख्नुभएको थियो ।आनन्दकुटी विहार गुठीले प्रकाशन गरेको सो ग्रन्थमाला हाल बजारमा पाउनै छाडेपछि संग्रहालयले पुनः प्रकाशन गर्न लागिएको हो । ग्रन्थमाला बुद्धधर्मको मूल ग्रन्थ सुत्रपिटकमा तितरवितर रहेका पात्रहरुको चरित्रहरुलाई क्रमबद्ध गरी लेखिएका ग्रन्थहरुको संगालो हुन् । ग्रन्थमालामा बुद्धकालीन ब्राम्हण, राजपरिवार, महिलाहरु, परिब्राजकहरु, श्रावक चरित, श्राविका चरित, गृहस्थीहरु जस्ता २७…
Read Moreस्याङ्जामा विश्व शान्ति स्तुप निर्माण गरिने
स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठूलाडिही भारकोटमा विश्व शान्ति बौद्ध स्तुपा निर्माण गरिने भएको छ । ठूलाडिही वडा कार्यालयको आयोजनामा भएको स्तुप निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मीले शहर केन्द्रीत बसाई सराईलाई पुन गाउँमै फर्काउने उदेश्य सहित स्तुप निर्माण गरेर गाउलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने लक्ष्य लिएका बताए । कार्यक्रममा वडा सदस्य रविबिक्रम केसी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, विश्व शान्ति स्तुप ब्यवस्थापन समितिका सचिव हेमन्त गुरुङ, स्थानीयबासी एवं समाजसेवीहरु विनोद थापा, हरिबहादुर भाट, टिकाराम भाट लगायतले गाउमै बौद्ध स्तुप निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका…
Read More