स्याङ्जामा विश्व शान्ति स्तुप निर्माण गरिने

स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठूलाडिही भारकोटमा विश्व शान्ति बौद्ध स्तुपा निर्माण गरिने भएको छ । ठूलाडिही वडा कार्यालयको आयोजनामा भएको स्तुप निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मीले शहर केन्द्रीत बसाई सराईलाई पुन गाउँमै फर्काउने उदेश्य सहित स्तुप निर्माण गरेर गाउलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने लक्ष्य लिएका बताए ।

कार्यक्रममा वडा सदस्य रविबिक्रम केसी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, विश्व शान्ति स्तुप ब्यवस्थापन समितिका सचिव हेमन्त गुरुङ, स्थानीयबासी एवं समाजसेवीहरु विनोद थापा, हरिबहादुर भाट, टिकाराम भाट लगायतले गाउमै बौद्ध स्तुप निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

विश्व शान्ति बौद्ध स्तुपा ब्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्थानीयबासी लीलबहादुर गुरुङ्ले गरेका थिए ।

Share

Related posts