२१४६ औँ ग्याल्पो ल्होसारको अवसर पारेर काठमाडौँको कर्मा डुप्छेन छोलिङ
अर्थात सेतो गुम्बामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ । आउँदो शुक्रबार हुने कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भइसकेको आचार्य कर्मा रिञ्जिङ शेर्पाले जानकारी दिए । शुक्रबा विहान १० देखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म जारी रहनेछ ।
सांस्कृतिक कार्यक्रममा गम्बु शेर्पा, प्रेम लोप्चन, ओङ्मु शेपा, आङ दामु शेर्पा लगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ ।
यस बाहेक हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका साथै विभिन्न संस्थाका सांस्कृतिक टोलीले पनि विविध प्रस्तुति दिनेछन् ।
कार्यक्रममा सेतो गुम्बाका संस्थापक श्रद्धेय गुरु आचार्य कर्मा तान्पेई ग्याल्छेन रिम्पोछेद्वारा सम्पुर्ण बौद्ध शासन तथा महापुरुषहरुको दीर्घायूको कामना सहित विश्वमा दीगो शान्तिको कामना तथा प्रवचन पनि गरिने तय भएको छ ।