थाइल्याण्डका धुतांगधारी शील पालन गर्नुभएका भिक्षुहरु शान्ति पद यात्राको लागि नेपाल आइपुग्नु भएको छ ।
पहिलो पटक नेपाल आउनुभएका ६५ जना धुतांगधारी भिक्षुहरु शान्ति पदयात्रा मार्फत बुद्ध धर्म प्रचारप्रसार गर्न यहाँ आउनुभएको हो ।
खेमिन्द भिक्षुले यस भिक्षुहरुको समुह काठमाडौका बौद्ध, स्वयम्भू, ललितपुरको चार थुरहरु प्रिक्रमा गरी लुम्बिनीसम्मै पैदल यात्रा गर्ने जानकारी दिनुभयो । आज उहाँहरु स्वयम्भुमा सामुहिक बुद्धपूजामा सरिक भइ त्यहाँबाट पैदल यात्रा गरी सुमंगल विहारमा भोजन गर्नु भएको थियो । भोजन पछि महाबौद्ध मन्दिर र ललितपुरका चार थुरहरु परिक्रमा गरी किर्तिपुर स्थित श्रीकीर्ति विहारमा विश्राम लिनुभयो ।
उहाँले धुतांगधारी भिक्षुहरु बुद्धको पालामा १३ प्रकारका धुंतगधारी भिक्षु बन्ने चलन थियो । त्यही परम्परालाई निरन्तरता दिन आफुहरु यस शान्ति पदयात्रामा सहभागी भएको पाशुक विहारो भिक्षुले जानकारी दिनुभयो ।
धुतांकहरु पत्रमा मात्र भोजन गर्ने, एक छाक मात्र भोजन गर्ने, त्रिचिवर धारण गर्ने, पांशुकुल चिवर लगाउने, रुखमुनि वा खुल्ला मैदानमा रात बिताउने आदि पर्दछन् ।