म्यानमारबाट आउनुभएका कम्मठानाचार्य ध्यानगुरु प्रज्ञाश्री महास्थवीरले शनिबार यहाँ एक धर्मसभामा विपश्यना साधनाको महत्वबारे प्रवचन दिनुभयो ।
उहाँले जीवनमा खुशी तथा शान्तिका लागि मानिसले विपश्यना ध्यानको अभ्यास गर्नु उत्तम हुने भन्दै सबैलाई सरल र सुखी जीवन बिताउन तथा लोभ लालचमा लागेर जीवनको महत्वपूर्ण क्षण खेर नफाल्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रमको आयोजना धर्मोदय सभा, युवक बौद्ध मण्डल नेपाल तथा धर्मकीर्ति महाविहारले संयुक्त रुपमा गरेको थियो ।
Share