सम्भोट लिपिमा रहेका प्राचीन बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गर्न २०७४ सालमा बुद्धवचन अनुवाद समिति स्थापना गरिएको हो । यस समितिमा सम्भोट लिपिमा दक्षता हासिल गरेका बौद्ध दर्शनका विद्वानका रुपमा परिचित गेशे, खेन्पो र आचार्यका साथै संस्कृत र नेपाली भाषाका विज्ञ संलग्न छन् । काठमाडौँको बौद्धमा कार्यालय रहेको यो समिति मार्फत अहिले संस्कृत र सम्भोट लिपिमा रहेको प्रज्ञा पारमिता नेपालीमा अनुवाद गर्ने कार्य धमाधम भइरहेको छ । ४ वर्षे परियोजना अन्तर्गत सुरु भएको अनुवादको कार्य गत वर्षदेखि सुरु भएको हो । ३ वटा प्रज्ञा पारमिताका १ लाख भन्दा बढि पंक्तिलाई…
Read MoreCategory: समाचार
प्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?
गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले संस्कृतमा लिपिवद्ध गरेका थिए । संस्कृतमा लिपिबद्ध भएको प्रज्ञा पारमिता सुत्र आठौँ शताव्दीमा सम्भोटा लिपिमा अनुवाद भएर तिब्बत पुग्यो । महायानी बौद्धमार्गीका लागि महत्वपुर्ण ग्रन्ध मानिने प्रज्ञा पारमिता सुत्र पहिलोपटक नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । संस्कृत र भोट भाषामा रहेको प्रज्ञा पारमिता सुत्र करिब १ वर्षदेखि नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । हरेक दिन विहान ९ नबज्दै बौद्ध दर्शन र धर्मसँग सम्बन्धित विद्वान, भिक्षु, आचार्य,…
Read Moreबौद्ध शिक्षा र भिक्षुको कथा उत्कृष्ट
इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘सुपर मंक’ र डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएका छन् । अन्तराल बाँकेले नेपालगन्जमा गरेको दुईदिने फेस्टिभलमा २१ फिल्म एवं डकुमेन्ट्री प्रदर्शन भएका थिए । शनिबार फेस्टिभलको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिएको हो । ‘सुपर मंक’ का निर्देशक सेनाङ ग्याम्जो तामाङले अवार्डसँगै १० हजार रुपैयाँ र ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीका निर्देशकद्वय विद्या चापागाईं र कमल कुमारले संयुक्त रूपमा १० हजार रुपैयाँ पाए । ‘सुपर मंक’ मा द्वन्द्व र करुणाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वको बेला एउटा भिक्षुले करुणा राखेकै कारण कसरी ज्यान बच्छ…
Read Moreभक्तपुरमा महापरित्राण सम्पन्न
भक्तपुरको बौद्ध समस्कृत विहार कथुबहिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी सुरु भएको उक्त परित्राण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गरेका थिए । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरिसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्व बारे धर्मदेशना गरे । विभिन्न स्थानबाट आएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आएका भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरु उपस्थित…
Read Moreबौद्ध गुरुमाको ८० औँ जन्मदिन मनाइयो
भिक्षु महासंघले श्रद्धेय धम्मदिन्ना गुरुमाको ८० औँ जन्मदिन मनाएको छ । हिजो सोमबार मनाइएको जन्मदिनमा महापरित्राण पाठ गरी गुरुमाको सुख र मंगलको कामना गरियो । पबित्र महापरित्राण कार्यक्रममा नेपालका संघ महानायक अश्वघोष महस्थाविर एवं संघ उपमहानायाक ज्ञानपुर्निक महास्थाविर र अन्य भिक्षु संघ सहभागी भएका थिए । गुरुमाको जन्मदिनको कार्यक्रम काठमाडौँको सिनामंगलस्थित एयरपोर्ट होटलमा गरिएको थियो ।
Read Moreबौद्ध मिथकमा आधारित उपन्यास “हल हल बुंगद्यः” को विमोचन
बौद्ध मिथकमा आधारित नेपाल भाषाको उपन्यास “हल हल बुंगद्यः” जनकवि दुर्गालाल श्रेष्ठको हातबाट विमोचन गरिएको छ । राजेन मानन्धरद्वारा लिखित उक्त उपन्यास कुनै बेला नेपालमा अनिकाल हुँदा सहकालका देवता भनेर चिनिने करुणामय अवलोकेश्वर अर्थात् रातो मछिन्द्रनाथलाई नेपालमा ल्याइएको मिथकको आधारमा रचना गरिएको छ । काठमाडौं उपत्यकाका नेवार बौद्धहरु बोधिसत्वको रुपमा जन्मेका करुणामयलाई कामुनी देश अथवा हालको कामारुप कामाक्षबाट ल्याइएको तथा उनको आगमन पछि नेपालमा सहकाल आएको विश्वास गर्दछन् । हिन्दु धर्मावलम्वीले पनि करुणामयलाई मत्येन्द्रनाथको रुपमा मान्दछन् । विमोचन कार्यक्रममा बोल्दै कवि दुर्गालालले मानन्धरलाई चिनेदेखी सहृदयी भएकोले मनमा बसेको तथा एक…
Read Moreबौद्धनाथ स्तुप विरुप बनाउनेलाई कारवाहीको माग
पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल । बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो । लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ । शुक्रबार नेपाल बौद्ध महासंघले विज्ञप्ति निकाली बिरोध गरेको छ । बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार…
Read Moreविश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम
विश्वमा रहेका सबै प्राणीको उन्तति र प्रगतिको कामना गर्दै काठमाडौँको बौद्धमा ६ दिने ञिङ्मा मोलान्म (प्राणिधान पूजापाठ) गरिएको छ । पुस शुक्लपक्ष दशमीदेखि पूर्णिमासम्म गरिने उक्त पुजा पहिले बौद्ध चैत्यपरिसरमै हुँदै आएको भएता पनि यसपटक भने शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा)मा गरिएको छ । बौद्धनाथ स्तुप दर्शनका लागि आउने दर्शनार्थीलाई असहज नहोस् भनेर यसपटक शेर्पा सेवा केन्द्रमा मोन्लाम गरिएको हो । पूजा पाठमा नेपाल तथा विदेशबाट आएका हजारौं लामा गुरुहरु, आनीहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमा दीगो शान्ति, सुख र सम्वृद्धि फैलाउन…
Read Moreशान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन
चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ । मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ । संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नु पर्नेमा जोड दिइन् । उनले उक्त सम्पदालाई अन्तराष्ट्रिय तहमा प्रचार गरी बौद्ध साहित्यलाई प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गरे । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिक्षु तपस्सी धम्मले बौद्ध दर्शन तथा साहित्यका माध्यमबाट देशका विभिन्न ग्रामीण भेगमा सामाजिक सेवा…
Read Moreअमेरिकी बौद्ध भिक्षुणीद्वारा धर्म प्रवचन
पुस १ गते काठमाडौँको चावहिलस्थित एवन पार्टी प्यालेसमा बौद्ध धर्म विशेष प्रवचन तथा अन्तरक्रिया हुने भएको छ । अमेरिकाबाट आएकी बौद्ध भिक्षुणी तथालोकाले उक्त कार्यक्रममा प्रवचन दिने भएकी छिन् । चारुमती बुद्ध विहार अन्तर्गतको चारुमती बुद्धिष्ट मिसनले आयोजना गरेको कार्यक्रम २१ औँ शताव्दीमा बौद्ध महिलाहरुको जागरणमा केन्द्रीत रहने विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताए । कार्यक्रम दिउँसो १२ः३० देखि सुरु हुनेछ ।
Read More