बौद्धनाथ स्तुप विरुप बनाउनेलाई कारवाहीको माग

पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल । बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो । लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ ।

शुक्रबार नेपाल बौद्ध महासंघले विज्ञप्ति निकाली बिरोध गरेको छ । बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार ७ गते गुठी संस्थानद्वारा नियुक्त चिनियाँ लामा भूपति बज्र लामाले नियुक्ति भएको दिनदेखि नै बौद्धनाथ चैत्यप्रति आस्था राख्ने बौद्ध धर्मावलम्बीहरुलाई प्रत्यक्ष असर पर्ने गरी अशोभनीय कार्यहरु गर्दै आएको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाको भनाई छ ।

महासंघका अध्यक्ष शेर्पाले स्तुप ड्रिल गरि कुरुप बनाएको प्रति ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।

Share

Related posts

Leave a Comment