भक्तपुरमा महापरित्राण सम्पन्न

भक्तपुरको बौद्ध समस्कृत विहार कथुबहिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी सुरु भएको उक्त परित्राण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गरेका थिए । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरिसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्व बारे धर्मदेशना गरे ।
विभिन्न स्थानबाट आएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आएका भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरु उपस्थित थिए ।

Share

Related posts

Leave a Comment