— विमला शाक्य स्वयम्भु महाचैत्य बौद्धहरु मात्र होइन अरु धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल, पर्यटकीय स्थल तथा विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध स्थल हो । स्वदेशी तथा विदेशी पर्यटकहरु दिनहुँ जसो यस स्थानमा भ्रमण गर्न आउने गर्दछन् । यस धार्मिक, ऐतिहासिक, सम्पदा स्थल काठमाडौंबाट डेढ कि.मी पश्चिमस्थित गोपुच्छ पर्वतमा अवस्थित छ । । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पर्वतलाई पद्मागिरी, बज्रकूट, गोश्रृंख पर्वतको नामले पनि चिनिन्छ । स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका पहिला दहको रुपमा थियो । विपश्वी बुद्ध बन्धुमति नगरबाट यहाँ आउनु भई कमलको बिज छर्नु भएको थियो कालान्तरमा त्यस…
Read MoreCategory: समाचार
जापानमा त्रिपिटिक वाचन गर्दै रोबर्ट
जापानको एक मन्दिरमा रोबर्टले बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन गर्न थालेको छ । ४ सय बर्ष पुरानो उक्त बौद्ध मन्दिरमा धर्मप्रति युवाहरुलाई आकर्षित गर्न रोबर्टको सहयोग लिइएको हो । ‘कैयन’ नामाकरण गरिएको यो रोबटलाई १ लाख डलरको लगानीमा उपदेश वाचन गर्नकै लागि निर्माण गरिएको बुझिएका छ । रोबर्टले मन्दिरमा आएका श्रद्धालुहरुलाई बौद्ध धर्मको विषयमा जानकारी र उपदेश दिन थालेको छ । सन् १६१९ मा स्थापना गरिएको ‘क्योटो के कोडाइजी’ मन्दिरमा रहेको सो रोबर्टको शिर, काध र हातमा सिलिकनबाट बनेको छालाको कभर लगाइएको छ । रोबर्टको देब्रे आँखामा भिडियो क्यामेराको सहयोगले यसले…
Read Moreललितपुरमा रहेको महाबुद्ध जिर्णोद्वार हुँदै
२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनेको ललितपुरको महाबुद्ध मन्दिर जिर्णोद्वार भइरहेको छ । मन्दिर बाहिरबाट भन्दा पनि भित्राबट पुरै चर्किएको र मुख्य तोरण पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै ढुंगाको खम्बा पनि भत्किएको अवस्थामा पुगेको थियो । मन्दिरलाई जिर्णोद्वार गर्ने क्रममा विशेषज्ञहरुको सल्लाह अनुसार फलामको फ्रेमले घेरेर चर्केको ठाउँमा मर्मत गरिएको छ । तोरणको भाग पनि पहिले जस्तै गरी नयाँ बनाइएको छ । करिब १८ महिना अघि गुरुजु र ज्येष्ठ आजु बसी क्षमा पूजा गरिसके पछि महाबुद्ध मन्दिर जिर्णोद्वार शुभारम्भ भएको थियो । आगामी बुद्ध जयन्तीमा मन्दिरको जिर्णोद्वार सकाउने योजना बनाइएको छ ।…
Read Moreलुम्बिनीमा प्रवज्या शिविरको चहलपहल
शनिबारदेखि लुम्बिनीमा सुरु भएको प्रवज्या शिविरले त्यहाँको माहोल निकै उल्लासमय बनिरहेको छ । नेपालका प्रथम संघमहानायक भद्दन्त प्रज्ञानन्द महहास्थवीर भन्तेको १ सय १९ औँ जन्म जयन्तीको अवसरमा २३ दिने प्रवज्या शिविरको आयोजना गरिएको हो । शिविरबाट १ हजार १ सय १९ जना प्रजजित हुँदैछन् । बौद्धमार्गीहरुलाई मात्र नभई अन्य सबै धर्म र जातजातिका व्यक्तिहरुलाई अध्यात्म तथा जीवन दर्शनका विषयमा सो प्रव्रज्या कार्यक्रममा दीक्षित गरिदैछ । शिविरमा थाइल्याण्डमा १० हजार भिक्षुलाई प्रव्रजित गरिसकेका थर्राे भन्तेले प्रव्रजित गराउने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा थाइल्याण्ड र नेपालका विभिन्न बौद्ध संस्थाहरुको संयुक्त…
Read Moreगुणाधार विषयक ३ दिने प्रवचन भोली सम्पन्न हुँदै
गोसोक रिन्पोछेबाट हुने तीन दिवसीय गुणाधार विषयक प्रवचन भोली सोमबार सम्पन्न हुँदैछ । भोली प्रवचनको अन्तिम दिन दीर्घायू अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको छ । समस्त जीवजगतको कल्याणका लागिग अभिषेक प्रदान गरिने भएकाले रिन्पोछेको प्रवचन कार्यक्रममा हजारौँ भक्तजन विहानैदेखि सहभागि भइरहेका छन् । हिमाली समुदायको नयाँ वर्ष ल्होसार मनाइ सके लगत्तै हरेक वर्ष गरिदै आएको छ । ३ दिने प्रवचन कार्यक्रमा कस्तो गुरु थाप्ने र गुरुप्रति शिष्यको कस्तो कर्तव्य हुनुपर्छ र गलत गुरु थाप्दा हुने हानी र सही गुरु थाप्दा हुने लाभको विषयमा समेत चर्चा गरिएको छ । भोली…
Read Moreसोलुखुम्बुको सोताङमा स्तुप निर्माण सम्पन्न
सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिका २, चेपेलमा नयाँ स्तुप निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको छ । पुज्यनीय सेर्लो टुल्कु पेमा थार्छिन रिन्पोछेको बाहुल्यबाट उक्त स्तुप (च्याङ्छुप छ्योर्तेन)को उद्घाटन गरिएको हो । उद्घाटनसँगै रिन्पोछेले स्तुपको प्राण प्रतिष्ठा र होम (जिन्सेक) गरी आयु अभिषेक र विश्व शान्तिको कामना गरेका थिए । स्तुप उद्घाटना कार्यक्रममा उल्लेख्य संख्या उपस्थित भएका थिए । स्तुप निर्माणले चेपेल गाउँको पर्यटनमा समेत प्रवर्धन हुने स्थानीयले विश्वास लिएका छन् ।
Read Moreनेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ
नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ हुनु भएको छ । उहाँलाई आज ग्राण्ड सिटी हस्पिटलमा भर्ना गरिएको छ । आज उहाँलाई पेट दुख्ने र वान्ता भएपछि हस्पिटलमा लगिएको थियो । उहाँलाई भेटर आउनु भएका तपस्सी भन्तेका अनुसार संघनायकको अवस्था चिन्ताजनक नभएको र कुराकानी गर्न सक्षम हुनुहन्छ । त्यसैगरि संघनायकका भन्तेसैगै रहनु भएका शिष्य राहुल भन्तेले पनि फेसबुक मार्फत संघनायक भन्ेतको स्वास्थ्य सामान्य रहेको र केही दिनपछि नै हस्पिटलबाट डिस्र्चाज हुने उल्लेख गरिएको छ । नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अहिले बनेपास्थित स्थित ध्यानकुटी विहारमा बस्नु हुन्छ…
Read Moreअठार दिन हिडेर काठमाडौँबाट लुम्बिनी पुगे भिक्षुहरु
काठमाडौँ ।विश्व शान्तीको कामना गर्दै थाइल्याण्ड, चीन, रुस, नेपाललगायत देशका ६० जना धुतांगधारी भिक्षुहरु काठमाण्डौ थानकोट, मकवानपुरको कुलेखानी, हेटौँडा, रामग्राम, लुम्बिनी हुँदै पैदला हिडेर कपिलवस्तु आइपुगेका छन् । झण्डै ४ सय १५ किलोमिटरको दूरी पार गरी उनीहरुले स्वयंभुबाट शाक्यमुनीको घर कपिलवस्ताुको तिलौराकोट पुगेकाछन् । शान्तिको धर्मदेशना गर्दै भिक्षुहरुले १८ दिनको पदयात्रा पछि फागुन पूर्णिमाका दिन शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबार क्षेत्रको तिलौराकोट पुगेर यात्रा सम्पन्न गरेको भिक्षु वजीरहले बताए । पदयात्रामा रहेका भिक्षुहरुलाई कपिलवस्तु जिल्लामा भव्य स्वागत गरिएको छ । सदरमुकाम तौलिहवाका विभिन्न टोलहरुमा भिक्षुहरुलाई भिक्षा दान…
Read Moreअनागरिकाहरुको ललितपुरमा भिक्षाटान, भिक्षाबाट उठेको सहयोग विहार निर्माणमा खर्चिने
हःखास्थित धम्मसाकच्छा संघको आयोजनामा अनागरिकाहरुले ललितपुरमा भिक्षाटन गरेका छन् । पुल्चोकको नःटोलस्थित मदन स्मारक विद्यालयबाट सुरु भएको भिक्षाटन गाबहाल, बुबहाल, नकबहिल, न्याखाचोक, मंगलबजार, ओकबहाल लगायतका स्थान हुँदै हःखा टोल भवनमा पुगेर समाप्त भएको थियो । १६ वर्षअघि स्थापना भएको धम्म्साकच्छा संघले गर्दै आएको विभिन्न कार्यक्रम अन्तर्गत यो वर्ष अनागरिका गुरुमाहरुको स्वास्थ्य कोषमा जम्मा हुने गरी भिक्षाटान कार्यक्रम गरेको संघका उपाध्यक्ष कुलमान शाक्यले बताए । स्वास्थ्य कोषको स्थापना कवि चित्तधर ह्रदयकी कान्छी छोरी सुमना गुरुमाको इछा अनुसार सुरु गरिएको हो । कोष डा.केशरी लक्ष्मी मानन्धर प्रदान गरेका ५ लाख रुपैयाँबाट सुरु…
Read Moreचारुमतीमा मनाइयो आयु संस्कार परित्याग दिवस
बौद्धमार्गीहरुले माघ पूर्णिमालाई आयु संस्कार परित्याग दिवसको रुपमा मनाउँदै आएका छन् । सोही अवसरमा आज काठमाडौँ चावहिलस्थित चारुमती बुद्ध विहारमा बुद्ध पूजा गर्दै २५६३ औँ आयु संस्कार दिवस मनाइयो । बिहानैदेखि सुरु भएको कार्यक्रममा बुद्ध पूजा, विश्व शान्तिको कामना, पञ्चशील प्रदान, धर्म देशना र पुण्यानुमोदन लगायत गरिएको थियो । बलम्बु निवासी सञ्जय महर्जनले बुद्ध विहारका लागि चन्दा बाकस प्रदान गरेका छन् । कार्यक्रम उपस्थित भएका भिक्षु, उपासक तथा उपासिकालाई अष्टशोभा शाक्यले जलपान दान गरेकी थिइन् ।
Read More