अठार दिन हिडेर काठमाडौँबाट लुम्बिनी पुगे भिक्षुहरु

काठमाडौँ ।विश्व शान्तीको कामना गर्दै थाइल्याण्ड, चीन, रुस, नेपाललगायत देशका ६० जना धुतांगधारी भिक्षुहरु काठमाण्डौ थानकोट, मकवानपुरको कुलेखानी, हेटौँडा, रामग्राम, लुम्बिनी हुँदै पैदला हिडेर कपिलवस्तु आइपुगेका छन् । झण्डै ४ सय १५ किलोमिटरको दूरी पार गरी उनीहरुले स्वयंभुबाट शाक्यमुनीको घर कपिलवस्ताुको तिलौराकोट पुगेकाछन् ।

शान्तिको धर्मदेशना गर्दै भिक्षुहरुले १८ दिनको पदयात्रा पछि फागुन पूर्णिमाका दिन शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबार क्षेत्रको तिलौराकोट पुगेर यात्रा सम्पन्न गरेको भिक्षु वजीरहले बताए ।

पदयात्रामा रहेका भिक्षुहरुलाई कपिलवस्तु जिल्लामा भव्य स्वागत गरिएको छ । सदरमुकाम तौलिहवाका विभिन्न टोलहरुमा भिक्षुहरुलाई भिक्षा दान गरिएको छ । पूर्व राजदूत तथा पूर्व पर्यटन मन्त्री दीपकुमार उपाध्याय, वर्तमान सांसद तथा पूर्व कानुन मन्त्री बृजेशकुमार गुप्ताले यात्रामा रहेका सबै भिक्षुहरुलाई तौलिहवास्थित आ–आफ्ना निवासमा भिक्षा दान गरेका छन ।

Share

Related posts