नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ

नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ हुनु भएको छ । उहाँलाई आज ग्राण्ड सिटी हस्पिटलमा भर्ना गरिएको छ । आज उहाँलाई पेट दुख्ने र वान्ता भएपछि हस्पिटलमा लगिएको थियो । उहाँलाई भेटर आउनु भएका तपस्सी भन्तेका अनुसार संघनायकको अवस्था चिन्ताजनक नभएको र कुराकानी गर्न सक्षम हुनुहन्छ । त्यसैगरि संघनायकका भन्तेसैगै रहनु भएका शिष्य राहुल भन्तेले पनि फेसबुक मार्फत संघनायक भन्ेतको स्वास्थ्य सामान्य रहेको र केही दिनपछि नै हस्पिटलबाट डिस्र्चाज हुने उल्लेख गरिएको छ । नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अहिले बनेपास्थित स्थित ध्यानकुटी विहारमा बस्नु हुन्छ । ९२ बर्षिय नेपालका छैठौं संघनायक पुज्यपाद संघनायक हुनुहुन्छ ।

Share

Related posts