भिक्षु तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुरा भएको छ । उहाँ प्रवजित भएको ४० वर्ष पुरा भएको अवसरमा काठमाडौँमा चावहिलमा भिक्षु महासंघले पवित्र परित्राण, आशिरवाद, पाठ पूजा र पूण्यको कार्यक्रम रहेको छ ।
भिक्षु धम्मको सम्मानमा हुन लागेको विशेष कार्यक्रम फागुन ९ गते हुँदैछ । चावहिस्थित चारुमति स्तुप परिसरमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजना चारुमती बुद्ध विहारले गरेको हो । भिक्षु धम्म चारुमती बुद्ध बिहारका प्रमुख हुनुहुन्छ ।




