बुधवार दिउँसो थाइल्याण्डको बैंककबाट काठमाडौं आउनुभएका बौद्ध धर्मगुरु रबजाम रिम्पोेछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष र सुरक्षा उपलब्ध गराइएको छ । बौद्धस्थित सेचेन गुम्बाको निमन्त्रणामा काठमाडौं आउनुभएका धर्मगुरु रिम्पोछेलाई सोही गुम्बाको आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त सुविधा प्रदान गर्न गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो ।
बुधवार दिउँसो साढे १२ बजेको समयमा थाइ स्माइल एअरको उडान नम्बर डब्लुई ३१९ बाट आउनुभएका रिम्पोछे महान शान्ति पूजामा काठमाडौं आएको मन्त्रालयको पत्रमा उल्लेख छ । गुम्बाले माघ २५ गते मन्त्रालयलाई लेखेको पत्रमा रिम्पोचेले यसअघि नेपाल आउँदा पनि उक्त सुविधा उपभोग गरेको जानकारी गराएको थियो ।
उहाँलाई उक्त सुविधा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरको निर्णयबाट प्रदान गरेको हो ।


