२०० भिक्षुहरुबाट ललितपुरमा भिक्षाटन

२०० सय जना नेपाली कुलपुत्रहरूबाट विहिबार ललितपुरमा भिक्षाटन तथा भोजनदान सम्पन्न भएको छ । हिरण्यवर्ण महाविहारको आयोजनामा भएको भिक्षाटन कार्यक्रम ललितपुरको हखा टोलबाटबाट सुरू भई इलाननी, हिरण्यवर्ण महाविहारमा समापन गरिएको थियो । भिक्षााटन सम्पन्न भएपछि भिक्षुसंघ सहित २०० सय कुलपुत्रहरूलाइ भोजन दान गरिएको थियो । बनेपालका प्रथम संघनायक “अरिय धमणमरक्खित नेपाल बुद्धशासन वंसाललंकार सिरि संघनायक अग्गमहापण्डित“ भदन्त प्रज्ञानन्द महास्थविर भन्तेको ११९ औं जन्म जयन्तीको अवसरमा १११९ जना नेपाली कुलपुत्रहरूलाई लुम्बिनीमा प्रब्रिजत गरिएको हो । थाइलाण्डको धम्मकाय फाउण्डेशनको आयोजनामा भएको सो कार्यक्रममा फागुन १८ गते देखि चैत्र ३ गते सम्म १११९…

Read More

१२ औँ बौद्ध सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा

धर्मोदय सभाको आयोजनामा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन लमजुंगको बेशी शहरमा गरिने भएको छ । चैत २२ देखि २५ गतेसम्म हुने उक्त सम्मेलनका लागि प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रणा गरिएको छ । धर्मोदय सभाका अध्यक्ष यज्ञमान बज्राचार्यको नेत्तृत्वमा सभाका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेका हुन् । निमन्त्रणा गर्दै सभाका उपाध्यक्ष पद्म ज्योतीले सम्मेलनको विवरण प्रधानमन्त्रीलाई पेश गरेका थिए । त्यस्तै प्रधानमन्त्रीसँगको भेटमा सभाका महासचिव सागरमान बज्राचार्यले सम्मेलनको खर्चको विवरण प्रस्तुत गरेका थिए । १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्रीले ओलीले सकेसम्म सहभागि हुने प्रतिवद्धता जनाएको बुझिएको छ ।…

Read More

नेपाल संघनायक अश्वघोष महास्थवीरको स्वास्थ्यमा केही सुधार

स्वास्थ्यमा गम्भिर समस्या देखिए पछि १० दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्थवीरको स्वास्थ्यमा केही सुधार आएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न बुधबार प्रधानमन्त्री केपी ओली, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अस्पताल पुगेका थिए । ९३ वर्षीय भिक्षुलाई रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको बताइएको छ । उनको स्वास्थ्य कहिले सुधार हुने र कहिले गम्भीर हुने क्रम चलिरहेको थियो । तर बुधबार भने उनको स्थास्थ्यमा केही सुधारका लक्षणहरु देखिएको भिक्षु महासंघले जानकारी दिएको छ । नेपालकै भिक्षुहरुमाझ पनि…

Read More

भिक्षु महासंघका संघनायकको स्वास्थ्य गम्भिर

काठमाडौँको ग्राण्डी इन्टरनेशनलमा उपचार गराइरहेका भिक्षु महासंघ, नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्वीर भन्तेको स्वास्थ्य अवस्था गम्भिर निकै गम्भिर बन्दै गइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको मृटु, मृगौलामा समस्या हुनुका साथै कलेजोमा पानी जमेको चिकित्सकहरुले जानकारी दिएका छन् । भन्तेको रक्तचाप पनि निकै कम भएको छ । तीन साता अघि झाडापखालाले सताए पछि उनलाई उपचारका लागि जमलस्थित ग्राण्डी सिटी अस्पतालमा लगिएको थियो । ९४ वर्षीय भन्तेको स्वास्थ्य गम्भिर बन्दै गए पछि ग्राण्डी अस्पताल लगिएको हो । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङ्गसँगे भेट पछि सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा अघि अढ्न…

Read More

लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा डीन सम्मानित

विगत ३० वर्षदेखि बुद्ध धर्म अध्ययन,अध्यापनका साथै बुद्ध धर्मको अनुसन्धान कार्यमा संलग्न लोटस रिसर्च सेन्टरको आयोजनामा लुम्बिनी विश्वविद्यालयमा नवनियुक्त उपकुलपति डा.हृदय रत्न बज्राचार्य र डिन डा. मनिक रत्न शाक्य भिक्षुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । सेन्टरले संचालन गर्दै आएको लोटस रिसर्च सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका निवर्तमान प्रिन्सिपल डा. इन्द्रसिद्धि बज्राचार्य, सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्य तथासंस्थापक अध्यक्ष बज्रराज शाक्यले डा.हृदय रत्न बज्राचार्य र डा. माणिक रत्न शाक्यलाई क्रमशः खादा,  फूलगुच्छा र उपहार प्रदान गरी सम्मान गरिएको थियो । साथै लोटस एकेडेमीका भुपु विद्यार्थीहरुको समूह…

Read More

विश्व शान्ति विहारमा दन्त शिविर सम्पन्न

मीनभवनस्थित विश्व शान्ति विहारको आयोजनामा केही दिन अघि विहारका आवासीय भिक्षुहरुका लागि पहिलो पटक दन्त शिविर सम्पन्न भएको छ । अनुभवी दन्त चिकित्सकहरुद्वारा भएको उक्त शिविरमा विहारका श्रामणेर, भन्तेहरु, उपासक, उपासिकाहरु गरी करिब ५० जनाको सहभागी थिए । शिविर संचालन गर्न भन्दा पहिला विहारका उपाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्धले रोगीको सेवा गर्नु आप्mनो सेवा गर्नु सरह रहेको भनी उपदेश दिएको कुरालाई जोड दिंदै हाम्रो शरीरका अन्य अंगहरु जस्तै दाँत पनि मुख्य अंग रहेको र यसको पनि ख्याल राख्नुपर्ने बताए । विहारका दायक समितिका सदस्य प्रदिप शाक्यले आफ्नो ५८ औं जन्मदिनको…

Read More

वज्रयान विहारमा जीवन्यास पूजा सम्पन्न

बुद्ध जन्मभूमि लुम्बिनीमा अवस्थित नेपाली वज्रयान विहारमा वज्रधातु मण्डल तथा वज्रसत्वको मूर्तिको जीवन्यास पूजा सम्पन्न भएको छ । प्रा. डा. नरेशमान वज्राचार्यको निर्देशनमा भएको उक्त दुबै पूजामा मण्डल तथा मूर्तिलाई परम्परागत बुद्धधर्म अनुसारका भगवान बुद्धको गर्भाधानदेखि पाणी ग्रहणसम्म गरिने दशकर्म गराई प्रतीकात्मक रुपमा जीवन्यास राखेर पूजा गरिएको थियो । प्रा. डा. वज्राचार्यले यसप्रकारको पूजा गरिएका मूर्ति तथा मण्डलमा पूजा गर्ने प्रचलन काठमाडौं उपत्यकाका बौद्धहरुहरुमा हजारौं वर्षदेखि चल्दै आएको तथा यसप्रकारको पूजाहरु आज पनि हुनुले नेवार बौद्धहरुमा यस्ता जीवन्त संस्कृतिप्रति श्रद्धा तथा विश्वास अहिले पनि रहिरहेको प्रमाणित भएको बताए ।  …

Read More

यी हुन बौद्ध धर्मका आर्य अष्टांग मार्ग

बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि आर्य अष्टांग मार्गको अनुसरण गर्नु पर्छ । १. सम्यक दृष्टि ः सबै बस्तुको वास्तविकता बुझ्नु २. सम्यक संकल्प ः नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु ३. सम्यक वाक् ः हानिकारक कुरा नगर्नु र झूट नबोल्नु ४. सम्यक कर्म ः हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु ५. सम्यक जीविका ः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु ६. सम्यक व्यायाम ः मनस्थितिलाई शुद्ध…

Read More

तेस्रो ह्वीलचियर म्याराथन सम्पन्न, प्रेमबहादुर विक पुरुष र यामी झाक्री मगर महिलामा पहिलो

शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् । बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए । प्रतिष्पर्धामा रमेश खत्री दोस्रो भए । उनले निर्धारित दुरी १६ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै तेस्रो हुने विष्णु पुकार श्रेष्ठले १७ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो…

Read More

सुरु भएन भूकम्पले भत्किएका गुम्बाको पूनःनिर्माण

भूकम्प गएको करीब चार वर्ष हुनलाग्दासमेत काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पु¥याएका गुम्बाको पुनःनिर्माणको काम शुरु हुन सकेको छैन ।              विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँमा रहेको रिओताला गुम्बाको अवस्था अहिले पनि उस्तै छ । भूकम्पले चर्केको भवन र देवताका मूर्ति अझै पुनःनिर्माण गर्न नसकेको गुम्बाका सानु लामाले बताउनुभयो । लामाले भन्नुभयो, “माथिबाट सहयोग आउँछ भनेर भने पनि केही सहयोग नपाएपछि आफ्नै पैसाले चर्केको भवन र देवताका मूर्ति प्लास्टर र टालटुल गरेर जसोतसो चलाइरहेका छौँ ।”              जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको टासी कुन्सालिङ गुम्बा पूण…

Read More