विश्व शान्ति विहारमा दन्त शिविर सम्पन्न

मीनभवनस्थित विश्व शान्ति विहारको आयोजनामा केही दिन अघि विहारका आवासीय भिक्षुहरुका लागि पहिलो पटक दन्त शिविर सम्पन्न भएको छ ।

अनुभवी दन्त चिकित्सकहरुद्वारा भएको उक्त शिविरमा विहारका श्रामणेर, भन्तेहरु, उपासक, उपासिकाहरु गरी करिब ५० जनाको सहभागी थिए । शिविर संचालन गर्न भन्दा पहिला विहारका उपाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्धले रोगीको सेवा गर्नु आप्mनो सेवा गर्नु सरह रहेको भनी उपदेश दिएको कुरालाई जोड दिंदै हाम्रो शरीरका अन्य अंगहरु जस्तै दाँत पनि मुख्य अंग रहेको र यसको पनि ख्याल राख्नुपर्ने बताए ।

विहारका दायक समितिका सदस्य प्रदिप शाक्यले आफ्नो ५८ औं जन्मदिनको उपलक्ष्यमा शिविरको आयोजना गरेका हुन् ।

शिविरमा संयोजक डा. प्रविना शाक्यले सबैले आप्mनो शरीरको अन्य भागहरुलाई जस्तै दाँतलाई पनि त्यतिकै महत्व दिनु पर्ने मुख सफा भएमा हामी अरु रोगबाट बच्न सक्ने जनचेतना पैmलाउनु पर्ने कुरामा जोड दिइन् ।

शिविरको अन्त्यमा उपस्थित श्रामणेर, भन्तेहरुलाई दाँत कसरी माझ्ने र कसरी यसको हेरविचार गर्ने भन्ने बारेमा छोटो कक्षा पनि लिइएको थियो । कार्यक्रममा दन्त चिकित्सक टोलीलाई धन्यवाद पत्र पनि प्रदान गरिएको थियो ।

Share

Related posts

Leave a Comment