१. बुद्ध धर्मले इश्वरलाई मान्दैन् । बुद्धले मानिस आफैँ आफ्नो मालिक हो भन्छ । यही प्रकृतिर जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन् भन्छ । बुद्ध धर्म नै प्राकृतिक पूजाको सहि दर्शन हो। मानिसको जीवन मरणको क्रियाकलापलाई कार्यकरणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिद्धान्तबाट ब्याख्या गरिन्छ । २. बुद्धले अनित्य, दु:ख र अनात्माको दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्राकृति) नित्य छैन, परिवर्तन भैरहन्छ। हामीले भोगिरहेको दु:ख सत्य हो।हाम्रो जीवन हामी आफैँले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंस आत्मा छैन् ।
३. बुद्धले भन्नुभयो दु:खको अनुभुती सत्य हो, दु:ख हुनुको कारण हामिमा भएको क्लेश (राग,देश र मोह) हो। यो क्लेश हटाएमा दु:खबाट मुक्त होइन्छ, जसलाई निर्वाण भनिन्छ । दु:खबाट मुक्त हुन आठअंग भएको मध्यम मार्ग अपनाउनु (अष्टागिक मार्ग) पर्दछ । ४. मध्यम मार्गमा शिल (अनुशासन), समाधी (ध्यान) र प्रज्ञा (ज्ञान)का विधिहरु अपनाउनु पर्दछ ।
५. शिलमा न्युनतम पाँचवाट अनुशासन पालन गर्नु पर्दछ — हिंसा नगर्नु , चोरी नगर्नु , झुठो नबोल्नु, र नशालु पदार्थ सेवन नगर्नु । ६. समाधिमा विपश्यना ध्यानले चित्त एकाग्र गरेर जीवन र जगतको प्राकृतिक शक्ति र कृयाको साक्षात्कार गर्न सकिन्छ ।
७. प्रज्ञाले जीवन र जगतको तत्वज्ञान बोध हुन्छ । बुद्ध धर्ममा अन्धविश्वास छैन् । यो धर्म स्पस्ट ब्याख्या गरिएको (स्वाक्खातो), सान्दर्भिक (सन्दिथिको), समय सापेक्ष (अकालिको), पार्दर्शी (एहिपस्सिको), परिणाममुलक (ओपनयिको), विद्धतजनले आफैले बुझ्ने (पच्चत वेदितब्व विञ्जुहिति) हो । बुद्ध धर्मलाई बैज्ञानिक धर्म भनिन्छ र आईन्स्टाइन र बट्रैण्ड रस्सेल जस्ता बैज्ञानिक र विद्वानहरुले बुद्ध धर्म सबैभन्दा राम्रो धर्म भनेका छन् ।

