१२ औँ बौद्ध सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा

धर्मोदय सभाको आयोजनामा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन लमजुंगको बेशी शहरमा गरिने भएको छ । चैत २२ देखि २५ गतेसम्म हुने उक्त सम्मेलनका लागि प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रणा गरिएको छ ।

धर्मोदय सभाका अध्यक्ष यज्ञमान बज्राचार्यको नेत्तृत्वमा सभाका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेका हुन् । निमन्त्रणा गर्दै सभाका उपाध्यक्ष पद्म ज्योतीले सम्मेलनको विवरण प्रधानमन्त्रीलाई पेश गरेका थिए । त्यस्तै प्रधानमन्त्रीसँगको भेटमा सभाका महासचिव सागरमान बज्राचार्यले सम्मेलनको खर्चको विवरण प्रस्तुत गरेका थिए ।

१२ औँ राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्रीले ओलीले सकेसम्म सहभागि हुने प्रतिवद्धता जनाएको बुझिएको छ । सम्मेलनलाई भब्यरूपमा सम्पन्न गर्न धर्मोदय सभाको केन्द्र सहित शाखाहरूले तीव्रताका साथ तयारी गरिरहेका छन् ।

Share

Related posts

Leave a Comment