लुम्बिनीमा प्रवज्या शिविरको चहलपहल

शनिबारदेखि लुम्बिनीमा सुरु भएको प्रवज्या शिविरले त्यहाँको माहोल निकै उल्लासमय बनिरहेको छ । नेपालका प्रथम संघमहानायक भद्दन्त प्रज्ञानन्द महहास्थवीर भन्तेको १ सय १९ औँ जन्म जयन्तीको अवसरमा २३ दिने प्रवज्या शिविरको आयोजना गरिएको हो ।

शिविरबाट १ हजार १ सय १९ जना प्रजजित हुँदैछन् । बौद्धमार्गीहरुलाई मात्र नभई अन्य सबै धर्म र जातजातिका व्यक्तिहरुलाई अध्यात्म तथा जीवन दर्शनका विषयमा सो प्रव्रज्या कार्यक्रममा दीक्षित गरिदैछ ।


शिविरमा थाइल्याण्डमा १० हजार भिक्षुलाई प्रव्रजित गरिसकेका थर्राे भन्तेले प्रव्रजित गराउने कार्यक्रम रहेको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा थाइल्याण्ड र नेपालका विभिन्न बौद्ध संस्थाहरुको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । लुम्बिनीमा गरिएको यो प्रवज्या पाँचौ पटकको हो । सहभागिताका आधारमा यो हालसम्म कै सबैभन्दा ठूलो प्रव्रज्या शिविर भएको बताइएको छ ।

प्रव्रजित शिविरमा नेपाल, भारत, थाइल्याण्ड, लाओसलगायतका देशहरुबाट बौद्धमार्गी तथा गैर बौद्धमार्गीहरुको सहभागिता रहेको छ । शुक्रबारदेखि प्रव्रज्या सुरु हुने छ । फागुन १८ गते लुम्बिनीमा भिक्षाटन तथा २९ गते काटमाडौं फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । विभिन्न शहरमा भिक्षाटन गरी चैत २ गते शान्ति दीप प्रज्वलनसहित ३ गते शिविरको समापन हुनेछ ।

Share

Related posts