गुणाधार विषयक ३ दिने प्रवचन भोली सम्पन्न हुँदै

 

गोसोक रिन्पोछेबाट हुने तीन दिवसीय गुणाधार विषयक प्रवचन भोली सोमबार सम्पन्न हुँदैछ । भोली प्रवचनको अन्तिम दिन दीर्घायू अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको छ ।

समस्त जीवजगतको कल्याणका लागिग अभिषेक प्रदान गरिने भएकाले रिन्पोछेको प्रवचन कार्यक्रममा हजारौँ भक्तजन विहानैदेखि सहभागि भइरहेका छन् । हिमाली समुदायको नयाँ वर्ष ल्होसार मनाइ सके लगत्तै हरेक वर्ष गरिदै आएको छ ।

३ दिने प्रवचन कार्यक्रमा कस्तो गुरु थाप्ने र गुरुप्रति शिष्यको कस्तो कर्तव्य हुनुपर्छ र गलत गुरु थाप्दा हुने हानी र सही गुरु थाप्दा हुने लाभको विषयमा समेत चर्चा गरिएको छ ।

भोली भक्तजनहरुबाट दीर्घायूको निम्ति आयु अभिषेक ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Share

Related posts