सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिका २, चेपेलमा नयाँ स्तुप निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको छ । पुज्यनीय सेर्लो टुल्कु पेमा थार्छिन रिन्पोछेको बाहुल्यबाट उक्त स्तुप (च्याङ्छुप छ्योर्तेन)को उद्घाटन गरिएको हो ।
उद्घाटनसँगै रिन्पोछेले स्तुपको प्राण प्रतिष्ठा र होम (जिन्सेक) गरी आयु अभिषेक र विश्व शान्तिको कामना गरेका थिए ।
स्तुप उद्घाटना कार्यक्रममा उल्लेख्य संख्या उपस्थित भएका थिए । स्तुप निर्माणले चेपेल गाउँको पर्यटनमा समेत प्रवर्धन हुने स्थानीयले विश्वास लिएका छन् ।
Share