बौद्धमार्गीहरुले माघ पूर्णिमालाई आयु संस्कार परित्याग दिवसको रुपमा मनाउँदै आएका छन् । सोही अवसरमा आज काठमाडौँ चावहिलस्थित चारुमती बुद्ध विहारमा बुद्ध पूजा गर्दै २५६३ औँ आयु संस्कार दिवस मनाइयो ।
बिहानैदेखि सुरु भएको कार्यक्रममा बुद्ध पूजा, विश्व शान्तिको कामना, पञ्चशील प्रदान, धर्म देशना र पुण्यानुमोदन लगायत गरिएको थियो ।
बलम्बु निवासी सञ्जय महर्जनले बुद्ध विहारका लागि चन्दा बाकस प्रदान गरेका छन् । कार्यक्रम उपस्थित भएका भिक्षु, उपासक तथा उपासिकालाई अष्टशोभा शाक्यले जलपान दान गरेकी थिइन् ।
Share