प्रतीत्य–समुत्पाद : बौद्ध धर्मको आधारभूत सिद्धान्त

काठमाडौं – बौद्ध धर्मको प्रमुख सिद्धान्तहरूमध्ये प्रतीत्य–समुत्पाद एक महत्वपूर्ण शिक्षादर्शन हो। यस अवधारणाले सबै चीज परस्पर निर्भर कारण र परिणामहरूको शृङ्खलाबाट उत्पन्न हुने सिद्धान्तलाई स्पष्ट पार्छ। बुद्धले भन्नुभएको छ, “यो हुँदा उ हुन्छ, यो नहुँदा उ हुँदैन,” जसले कारण र परिणामको अविच्छिन्न सम्बन्धलाई दर्शाउँछ।

प्रतीत्य–समुत्पादको शिक्षाले जीवन, दुःख, तथा मुक्ति कसरी सम्भव छ भन्ने बुझ्न मद्दत गर्छ। यस सिद्धान्तअनुसार संसारका सबै घटनाक्रम परस्पर आश्रित छन्, जसले जन्म, मृत्यु, पुनर्जन्म, र कर्मको चक्रलाई पनि स्पष्ट पार्छ। यसै आधारमा, बौद्ध धर्मले निरन्तर परिवर्तनशीलतालाई स्वीकार्दै मुक्तिको मार्गको रूपमा अज्ञानताको अन्त्यलाई देखाउँछ।

सम्पूर्ण बौद्ध शिक्षाको मेरुदण्ड मानिने प्रतीत्य–समुत्पादले अज्ञानता, तृष्णा, र कर्मको चक्रलाई बुझ्न सहयोग पु¥याउँछ। यसै आधारमा बौद्ध अनुयायीहरूले आफ्नो जीवनमा सचेतना, करुणा, र सम्यक मार्गको अभ्यास गर्न प्रेरणा लिन्छन्। बौद्ध दर्शनमा यो सिद्धान्त अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले व्यक्ति र समाजलाई साँचो बुझाइ र शान्तिको मार्गमा अग्रसर गराउँछ।

Share

Related posts