भिक्षु कृष्णमान चार महान् विश्व प्रसिद्ध तीर्थस्थलहरू हुन्ः बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल बोधगया, धर्मचक्र प्रवर्धन स्थल सारनाथ, महापरिनिर्वाण स्थल कुशीनगर । यी चार पावन तीर्थस्थलमध्ये बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख एवं महत्वपूर्ण मानिन्छ । किनभने बुद्ध दर्शनको उद्गम स्थल नै लुम्बिनी उद्यान हो, जहाँ गौतमबुद्धको जन्म भयो वैशाख पूर्णिमाको दिन । बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन देह त्याग गर्नुभएकाले बुद्ध जयन्तीलाई त्रियोग महोत्सवको नामले पनि पुकार्ने गरिन्छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले नै बौद्ध इतिहासमा नेपालले अद्वितीय स्थान हुन पुगेको हो । बुद्धको जन्मस्थलमा तीर्थाटन हुन…
Read MoreAuthor: rinpoche
संघनायक भिक्षु ज्ञानपूर्णिकको सघनकक्षमा उपचार गरिँदै
सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको सघनकक्षमा उपचार भइरहेको छ । मिर्गौला रोगबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि दुई साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । डायलसिस गराउँदै आएका उनलाई चार दिनदेखि सघनकक्षमा राखिएको भिक्षु निग्रोधले जानकारी दिए । “स्वास्थ्य अवस्था स्थिर छ”, उनले भने । भिक्षु अग्गमहापण्डितको उपचारमा चिकित्सकद्वय डा ऋषि काफ्ले र डा विक्रम शाक्य खटिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर…
Read Moreकपन गुम्बाद्वारा ५ सय भन्दा बढिलाई राहत
नेपाल बौद्ध महायान (कपन गुम्बा)ले बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा बसोबास गर्ने लकडाउन पीडित विपन्न परिवारलाई वडाको समन्वयमा दोस्रोपटक खाद्यान्न राहत वितरण गरेको छ । गुम्बाले पहिलोपटक वैशाख १५ र १६ गते करिब ६०० भन्दा बढी विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो । धेरै विपन्न परिवार राहत पाउनबाट बन्चित भएको गुनासो आएपछि वडा कार्यालयबाट पहल भएपछि गुम्बाले दोस्रोपटक पनि राहत प्रदान गरेको हो । ग्राम शिक्षा मन्दिर मा.वि.को प्राङ्गणमा ५ सय भन्दा बढिलाई राहत वितरण गरिएको हो । शान्तिटोल विकास समिति भित्र बसोबास गर्ने ४० विपन्न परिवारलाई पनि टोल…
Read Moreलुम्बिनी र कपिलवस्तु
बसन्त महर्जन गौतम बुद्ध (ई.पू. ५६३–४८३) को जन्म स्थल लुम्बिनी र गृहनगर प्राचीन कपिलवस्तु रहेको विवरण बौद्ध ग्रन्थलगायत विभिन्न ऐतिहासिक स्रोतहरूमा पाइन्छन् । ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूले पुष्टि गरे अनुसार यी दुबै स्थलको अवस्थिति वर्तमान समयमा नेपालको भूक्षेत्रभित्र पर्दछन् । संयुक्त राष्ट्रसंघअन्तर्गत युनेस्कोको विश्व सम्पदा सूचिमा समेत सूचिकृत लुम्बिनी राजधानी काठमाडौंबाट ३०० किमी दक्षिण पश्चिम रूपन्देही जिल्लामा पर्दछ । त्यहाँबाट पनि २८ किमी पश्चिममा प्राचीन कपिलवस्तु राज्यको राजधानी र अन्य स्थलको भग्नावशेष रहेका छन् । बुद्धकालीन समयको राजनीतिक भूगोल हेर्दा यस क्षेत्रमा १६ वटा ठुल्ठुला र शक्तिसम्पन्न राज्यहरू थियो जसलाई…
Read Moreबुद्धजयन्तीको अवसरमा ३०७ जनालाई खाना
२५६४ औँ बुद्धजयन्तीको अवसरमा द ग्रेट कम्प्यासन प्रोजेक्ट र बुद्ध अनुवाद समितिले संयुक्तरुपमा गोकर्णेश्वस नगरपालिकामा ३०७ जनालाई खाना खुवाएका छन् । लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेकाहरुलाई सहयोग पुगोस् भनेर बिहानको खाना खुवाएको बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पाले बताए । दुबै संस्थाले नगरपालिकाको वार्ड न ८ स्थित कृष्णमन्दिर, बेसीगाउँमा खाना खुवाएको हो । गोकर्णेश्वर आसपास बस्ने श्रमिक तथा मजदुरहरु सहभागि भई खाना खाएका थिए । कार्यक्रममा बुद्धजयन्तीको शुभकामना सहित विश्व शान्ति र भाइचाराको वृद्धिको कामना पनि गरिएको थियो ।
Read More२५६४औं बुद्ध जयन्ती : राजकुमार शिद्धार्थदेखि बुद्धसम्मको यात्रा
चोग डीबी गुरुङ २५६४औं बुद्ध जयन्तीको पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ! अहिले सम्पूर्ण विश्व कोरोनाको कहरबाट पिडित भएका छन् । जनजीवन अशान्त भएका छन् । यस्तो दुःखत घडिमा सम्पूर्ण मानवलाई तथागतले रोग–प्रतिरोधात्मक क्षमता प्रदान गरुन् । ‘नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।’ ‘इतिपिसो भगवा अरहम् विज्जचरण सम्पन्न सुगतो लोकविदो अनुत्तरो पुरिसद्धम शारथी शास्त देवमनुसानो बुद्ध भगवती ।’ अर्थात भगवान बुद्धको जन्म ६२३ इसापूर्व लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । उनी कपिलबस्तुका शाक्य वंशका राजा शुद्धोधनका पुत्र थिए । उनले…
Read Moreबुद्धजयन्तीको महत्व र अहिलेको कठिन परिस्थितिमा कसरी मनाउने ?
सांगे लेग्देन गुरुङ (भूपेन) यहाँ पाच विषयमा चर्चा गरेको छु । कृपया कुनै कमीकमजोरी भएमा प्रतिक्रिया गरिदिनु होला । १) बुद्धपूर्णिमाको महत्त्व २) बुद्धजयन्ती नेपाल र राष्ट्रसंघले मनाउन सुरुवात ३) बुद्ध धर्म र महिमा ४ यो विपत्तिको अवस्थामा कसरी बुद्ध पूर्णिमा मनाउने ५) प्रसंग बुद्ध धर्मको त्रिकालको सम्पूर्ण बुद्धबोधिसत्व र मेरो मूलगुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन, हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा…
Read Moreसोलुखुम्बुमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युव छ्योर्तेन) निर्माण (फोटो फिचर)
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । गाउँपालिकाको वार्ड नं १ को खिरौलेगाउँमा उक्त बोधिचैत्य गत माघमा निर्माण सम्पन्न भएको हो । स्थानीबासीको सक्रियतामा निर्मित बोधिचैत्य ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । बोधिचैत्यको निर्माणसँगै उक्त स्थान जिल्लाकै महत्वपुर्ण धार्मिक क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयले विश्वास गरेका छन् । फोटो सौजन्यः आचार्य सार्की शेर्पा
Read Moreगौतम बुद्धका गुरुहरू
बसन्त महर्जन गौतम बुद्ध ई.पू. ५२८ को वैशाख पूर्णिमाका दिन उरुबेलामा बुद्धत्व प्राप्त गरी धर्मचक्र प्रवत्र्तनका लागि सारनाथतर्फ जाँदै गर्दा गया र बोधिवृक्षको बीच बाटोमा उपक नामका आजीवकसँग भेट भएको थियो । उनी नाङ्गा साधु थिए । बुद्धको मुखमुद्रा अचम्म लाग्दो गरी तेजिलो र आकर्षक जीउडाल देखेर उपकले सोधेका थिए, ‘‘तिम्रा इन्द्रियहरू अति परिशुद्ध छन् । तिम्रो छवि वर्ण अति चम्किलो छ । कसको उद्देश्यले तिमी प्रव्रजित भएका हौ ? तिम्रा गुरु को हुन् ? कसको धर्म तिमी रुचाउछौ ?’’ उपकको सोधाइ थियो– गुरुको नाम के हो ? गौतम बुद्धले…
Read Moreबुद्धजयन्तीमा लुम्बिनीमा हुने सबै कार्यक्रम स्थगित, विश्वशान्तिको कामना गर्दै २५६४ दीप प्रज्ज्वलन गरिने
कोरोना भाइरस (कोभिड १९) कारणले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनीमा हुने सबै कार्यक्रम स्थगित भएको छ । सबै कार्यक्रम स्थगित भएपछि बुद्ध जयन्तीमा लुम्बिनीमा भिक्षु भिक्षुणी तथा लामा गुरुमाहरुबाट विश्व शान्तिको कामना गर्दै पाठपूजासहित २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । २५६४ औं बुद्ध जयन्तीमा नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तीको मुहान भन्ने नाराका साथ २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागिता गराई भव्यताका साथ मनाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१०।२० मा बसेको बैठकले निर्णय गरेको थियो । तर विश्वभर…
Read More